सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त भएका थिए, जसमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको कलात्मक चित्रण गरिएको थियो।

उत्कृष्ट ठहरिएका तीन तस्बिरमध्ये राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का केन्द्रीय सदस्य तथा फोटो पत्रकार सुशील श्रेष्ठको ‘साँझदेखि बिहानसम्म’ शीर्षकको तस्बिरले उत्कृष्टता हासिल गरेको छ। साथमा बबी शाहको ‘लाखे’ र प्रियाशुं कर्णको ‘जनकपुरधाम’ तस्बिर पनि विजेतामा पर्न सफल भएका छन्।

• “साँझदेखि बिहानसम्म” – सुशील श्रेष्ठ, प्रकाश र समयको आकर्षक रूपान्तरण

प्रतियोगिताको मूल्याङ्कन वरिष्ठ फोटोग्राफर मीन रत्न बज्राचार्य र नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले गर्नुभएको थियो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपक राज जोशीले फोटोनेपाल कार्यक्रम फोटोग्राफीलाई सिर्जनात्मक विधासँग जोड्दै नेपालको भावना र पहिचानलाई विश्वभर प्रवाह गर्ने माध्यम भएको उल्लेख गर्नुभयो।

• “लाखे” – बबी शाही, नेपालको जीवन्त सांस्कृतिक सम्पदाको सशक्त चित्रण

विजेताले जनही रु. २५,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। नेपाल पर्यटन बोर्डले प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण फोटोग्राफरहरूलाई आभार प्रकट गर्दै यस्ता कार्यक्रमहरूले नेपाललाई सुन्दर, विविध र पर्यटकमैत्री गन्तव्यका रूपमा प्रचार गर्ने विश्वास व्यक्त गरेको छ।

विजेता र अन्य उत्कृष्ट तस्बिरहरू photo.ntb.gov.np मा हेर्न सकिन्छ। बोर्डले आगामी संस्करणहरूमा पनि सहभागी हुन सबैलाई आग्रह गरेको छ।

• “जनकपुरधाम” – प्रियाशुं कर्ण, मानवबीचको शान्त सहअस्तित्व

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । प्रधानमन्त्री...

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको