सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त भएका थिए, जसमा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जनजीवनको कलात्मक चित्रण गरिएको थियो।

उत्कृष्ट ठहरिएका तीन तस्बिरमध्ये राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) का केन्द्रीय सदस्य तथा फोटो पत्रकार सुशील श्रेष्ठको ‘साँझदेखि बिहानसम्म’ शीर्षकको तस्बिरले उत्कृष्टता हासिल गरेको छ। साथमा बबी शाहको ‘लाखे’ र प्रियाशुं कर्णको ‘जनकपुरधाम’ तस्बिर पनि विजेतामा पर्न सफल भएका छन्।

• “साँझदेखि बिहानसम्म” – सुशील श्रेष्ठ, प्रकाश र समयको आकर्षक रूपान्तरण

प्रतियोगिताको मूल्याङ्कन वरिष्ठ फोटोग्राफर मीन रत्न बज्राचार्य र नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनील शर्माले गर्नुभएको थियो।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपक राज जोशीले फोटोनेपाल कार्यक्रम फोटोग्राफीलाई सिर्जनात्मक विधासँग जोड्दै नेपालको भावना र पहिचानलाई विश्वभर प्रवाह गर्ने माध्यम भएको उल्लेख गर्नुभयो।

• “लाखे” – बबी शाही, नेपालको जीवन्त सांस्कृतिक सम्पदाको सशक्त चित्रण

विजेताले जनही रु. २५,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। नेपाल पर्यटन बोर्डले प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण फोटोग्राफरहरूलाई आभार प्रकट गर्दै यस्ता कार्यक्रमहरूले नेपाललाई सुन्दर, विविध र पर्यटकमैत्री गन्तव्यका रूपमा प्रचार गर्ने विश्वास व्यक्त गरेको छ।

विजेता र अन्य उत्कृष्ट तस्बिरहरू photo.ntb.gov.np मा हेर्न सकिन्छ। बोर्डले आगामी संस्करणहरूमा पनि सहभागी हुन सबैलाई आग्रह गरेको छ।

• “जनकपुरधाम” – प्रियाशुं कर्ण, मानवबीचको शान्त सहअस्तित्व

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको