घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा एक रूपैयाँ घटाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल–मट्टीतेलको प्रतिलिटर १४८ रूपैयाँ पर्नेछ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।

यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ। यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको