लुम्बिनी लायन्सले सार्वजनिक गर्यो नयाँ लोगो

काठमाडौं – नेपाल प्रिमियर लिगमा सहभागी फ्रेन्चाइज क्रिकेट टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। सार्वजनिक लोगो टोलीले क्रिकेट, संस्कृति र राष्ट्रिय गौरवलाई एउटै चिन्हमा समेट्ने प्रयास गरेको छ।

टोलीका अध्यक्ष ईश्वर बहादुर जीसीले लोगो सार्वजनिक गर्दै भने ‘यो लोगो हाम्रो टिमको बल मात्र होइन, लुम्बिनीको गौरवको पनि प्रतीक हो। बुद्धको पवित्र भूमिमा जन्मिएको यो टोली मैदानमा गर्जन्छ र नेपाललाई विश्व नक्शामा चिनाउँछ।’

उनले नयाँ लोगोले खेलकुदमार्फत राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने लक्ष्य बोकेको स्पष्ट पारे । लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय भावना समेटेर यो लोगो तयार पारेको हो, उनले भने ।

लोगोले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक र अध्यात्मिक गहिराइलाई समेट्नुका साथै क्रिकेट मैदानमा नेपालको शान्तिपूर्ण तर शक्तिशाली प्रतिनिधित्व गर्ने विश्वास टोलीले व्यक्त गरेको छ।

२०८१ सालमा स्थापना भएको लुम्बिनी लायन्स अब नेपाल प्रिमियर लिगमा भाग लिन तयारी अवस्थामा छ। नयाँ लोगो सार्वजनिक गर्दै टोलीले आफ्नो यात्रा नयाँ ऊर्जा र उत्साहसाथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको