कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्‍याउन सकिने बताउनुभयो।

“देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ। आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन,” मन्त्री खड्काले भन्नुभयो, “कोदो परिकारको विषय मात्र होइन, यो हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न हो।” पहिला विपन्न वर्गले खाने भनिएको कोदोका परिकार यतिबेला सबै वर्गको रुचि एवं स्वास्थ्यको हिसाबले प्राथमिकता पर्ने खाद्यान्नको रुपमा लिईएको मन्त्री खड्काले बताउनु भयो।

कार्यक्रममा कोदोबाट तयार पारिएका परिकारहरू- कोदोका प्यान केक, कोदोको खिर, कोदोको माफिन, कोदोको बिस्कुट, कोदोको मालपुवा, कोदोको म:म:, ढिँडो, कोदोको फापर, कोदो हलुवा, कोदो पकौडा, कोदो खिर, कोदो बिस्कुट, सेलरोटीको जीवन्त प्रस्तुति गरिएको थियो। मन्त्री खड्काले ती परिकारहरू अवलोकन गर्नुहुँदै आयोजक एवं सेफसँग अन्तरक्रिया गर्नुभयो।

उहाँले कोदोको वैज्ञानिक अनुसन्धान, व्यवसायीकरण तथा उपभोग संस्कृतिको विस्तारका लागि मन्त्रालयगत समन्वय र नीतिगत सहयोगको प्रतिबद्धता पनि जनाउनुभयो।

नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित नेपाली खाना प्रवर्द्धन अभियानको आयोजना तथा नारायणी चमेना गृह, सिंहदरबार काठमाडौको सहकार्यमा सम्पन्न भोजनलिपि स्वादको पाँचौ संस्करणमा पाककलामार्फत प्रदर्शनी गरिएको अभियानका संयोजक देवी प्रसाद सापकोटाले बताउनु भयो।

कार्यक्रममा कृषि वैज्ञानिक, उद्यमी, विद्यार्थी, कृषक, विभिन्न मन्त्रालय एवं विभाका कर्मचारीलगायतको उपस्थिति थियो।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको