कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पुर्‍याउन सकिने बताउनुभयो।

“देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ। आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन,” मन्त्री खड्काले भन्नुभयो, “कोदो परिकारको विषय मात्र होइन, यो हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न हो।” पहिला विपन्न वर्गले खाने भनिएको कोदोका परिकार यतिबेला सबै वर्गको रुचि एवं स्वास्थ्यको हिसाबले प्राथमिकता पर्ने खाद्यान्नको रुपमा लिईएको मन्त्री खड्काले बताउनु भयो।

कार्यक्रममा कोदोबाट तयार पारिएका परिकारहरू- कोदोका प्यान केक, कोदोको खिर, कोदोको माफिन, कोदोको बिस्कुट, कोदोको मालपुवा, कोदोको म:म:, ढिँडो, कोदोको फापर, कोदो हलुवा, कोदो पकौडा, कोदो खिर, कोदो बिस्कुट, सेलरोटीको जीवन्त प्रस्तुति गरिएको थियो। मन्त्री खड्काले ती परिकारहरू अवलोकन गर्नुहुँदै आयोजक एवं सेफसँग अन्तरक्रिया गर्नुभयो।

उहाँले कोदोको वैज्ञानिक अनुसन्धान, व्यवसायीकरण तथा उपभोग संस्कृतिको विस्तारका लागि मन्त्रालयगत समन्वय र नीतिगत सहयोगको प्रतिबद्धता पनि जनाउनुभयो।

नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित नेपाली खाना प्रवर्द्धन अभियानको आयोजना तथा नारायणी चमेना गृह, सिंहदरबार काठमाडौको सहकार्यमा सम्पन्न भोजनलिपि स्वादको पाँचौ संस्करणमा पाककलामार्फत प्रदर्शनी गरिएको अभियानका संयोजक देवी प्रसाद सापकोटाले बताउनु भयो।

कार्यक्रममा कृषि वैज्ञानिक, उद्यमी, विद्यार्थी, कृषक, विभिन्न मन्त्रालय एवं विभाका कर्मचारीलगायतको उपस्थिति थियो।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको