रवि लामिछानेले बुझाए २ करोड ७४ लाखको बैंक जमानत, होलान् त रिहा ?

भैरहवा – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका छन्।

रुपन्देही जिल्ला अदालतमा लामिछानेले चार दिनअघि उक्त बैंक जमानत बुझाएका हुन्। जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले निवेदन दिएको दिनमै बैंक जमानत पनि अदालतमा पेश गरिएको हो। अब इजलासको निर्णयपछि मात्रै रिहा हुने या नहुने टुंगो लाग्ने बताइएको छ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालत दाङको बुटवल इजलासले उक्त आदेश उल्टाउँदै थुनामा राख्न निर्देशन दिएको थियो। त्यसपछि सर्वोच्च अदालत पुगेका लामिछानेलाई त्यहाँबाट पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको थियो।

उता लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरिएको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गरिनुपर्ने मागसहित साउन ५ गते निवेदन दर्ता गरेका हुन्।

स्रोतका अनुसार रास्वपाले थालेको चन्दा संकलन अभियानबाट संकलित रकम लामिछानेकै जमानतका लागि प्रयोग गरिएको छ। उठेको रकम उनकी पत्नी निकिता पौडेल लामिछानेको बैंक खातामा जम्मा गरेर त्यसलाई बैंक जमानतको रूपमा अदालतमा बुझाइएको जनाइएको छ।

अब जिल्ला अदालतको इजलासबाट आउने निर्णयले रवि लामिछानेको रिहाइ हुने या पुर्पक्षका लागि थुनामै राखिने भन्ने अन्तिम टुंगो लाग्नेछ।

सिफारिस

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत चौथो दिन देशभरिबाट आएका प्रतिनिधिहरूलाई विशेष सामग्रीसहितको झोला वितरण गरिएको छ। महाधिवेशनको बन्दसत्र र सांगठनिक...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बू माथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ। अशोक राई नेतृत्वको ‘समाजवादी...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना...

भर्खरै

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

कहाँ गए यी १२ प्रहरी ? १ साताभित्र सम्पर्कमा नआए जागीर जाने

एकजना प्रहरी नायव निरीक्षकसहित १२ जना प्रहरी कर्मचारीलाई एक...

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

धेरै पढिएको