महिला पत्रकारका लागि तिलगंगा आँखा प्रतिष्ठानद्वारा दृष्टि जाँच र सचेतना कार्यक्रम

काठमाडौं – महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा विभिन्न सञ्चार माध्ययमलाई प्रतिनिधित्व गर्दै महिला पत्रकारहरूले सहभागिता जनाएका छन् । वहाँहरूलाई निःशुल्क आँखाको परीक्षण, विशेषज्ञहरूसँग अन्तरक्रियात्मक सत्र तथा कार्यस्थलमा आँखा जोगाउने उपायहरूको जानकारी प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले्, “पत्रकारिताजस्तो क्षेत्रमा कार्यरत महिलाहरू डिजिटल स्क्रिनको अत्यधिक प्रयोग र वातावरणीय जोखिमको चपेटामा पर्न सक्छन् त्यसैले, नियमित आँखा परीक्षण र सचेतनाले दीर्घकालीन दृष्टि समस्याबाट बच्न सकिन्छ” भन्ने उल्लेख गर्नुुभयो ।

कार्यक्रम क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा आयोजना गरिएको हो । आँखा दृष्टि गुमाएका वा जोखिममा परेका व्यक्तिहरूलाई उपचार सेवा पु¥याउने दीर्घकालीन योजना अनुुरुप प्रोजेक्टले लामो समयदेखि तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै, पुनम भण्डारी, Country Director, Cure Blindness Project ले नेपालमा ३ लाखभन्दा बढी मानिसलाई असर पु¥याउने, र करिब १० लाख मानिस जोखिममा राख्ने अन्धोपनको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले महिलाहरूलाई सांस्कृतिक, आर्थिक र पहुँचका बाधाका कारण disproportionate (असमान रूपमा) असर परेको र समयमै उपचार नपाएमा बालबालिकाहरू जीवनभरि दृष्टि गुमाउने जोखिममा रहने बताउनुभयो।

उहाँले CureBlindness को बहुआयामिक रणनीति प्रस्तुत गर्दै भन्नुभयो — आँखा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, पूर्वाधार सुदृढीकरण, outreach कार्यक्रम र महिला–केंद्रित कार्यक्रम विस्तार, साथै समुदाय स्तरबाट उन्नत तृतीयक सेवासम्मको प्रभावकारी रिफरल प्रणाली विकास। पछिल्ला ३० वर्षमा, यी प्रयासहरूले लाखौँ मानिसहरूको दृष्टि पुनस्र्थापना गरेका छन् — जसले देशको सबैभन्दा दुर्गम क्षेत्र र देश बाहिरका ठाउँहरू समेतमा सेवा पु¥याएका छन्।

भण्डारीले पत्रकारहरूले समुदायमा सही र रोचक जानकारी पु¥याउने, मिथकहरू तोड्ने, रोकथामयोग्य आँखा स्वास्थ्यबारे जनचेतना जगाउने, र विशेषगरी महिला र बालबालिकालाई समयमै सेवा लिन प्रोत्साहित गर्नेमा महत्वपूर्ण भूमिका खेल्ने कुरा जोड दिनुभयो। उहाँले सचेतनाको अभावका कारण कोही पनि पछाडि नपरोस् भन्ने सुनिश्चित गर्नका लागि मिडियाले आफ्ना प्लेटफर्महरू प्रयोग गर्न आह्वान गर्नुभयो।“

इन्टरनेशनल एसोसिएशन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आइवार्ट नेपाल) च्याप्टर महिलामुखी सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसले लैङ्गिक समानता, नैतिक पत्रकारिता र सञ्चारमार्फत महिलाको सशक्तिकरणका लागि काम गर्दै महिलाको आवाजलाई सशक्त बनाउने, सामाजिक मुद्दामा चेतना अभिवृद्धि गर्ने र सकारात्मक परिवर्तनका लागि सहकार्य प्रवद्र्धन गर्ने उद्देश्य राख्छ ।

तिलगंगा आँखा प्रतिष्ठानले उपचार सेवा, अनुसन्धान, तालिम तथा ग्रामीण समुदायसम्म दृष्टि सेवा पु¥याउने कार्यलाई निरन्तरता दिँदै आएको छ । महिला पत्रकारहरूसँगको यो पहलले स्वास्थ्य क्षेत्रमा सञ्चारमाध्यमको भूमिकालाई समेत सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको