महिला पत्रकारका लागि तिलगंगा आँखा प्रतिष्ठानद्वारा दृष्टि जाँच र सचेतना कार्यक्रम

काठमाडौं – महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा विभिन्न सञ्चार माध्ययमलाई प्रतिनिधित्व गर्दै महिला पत्रकारहरूले सहभागिता जनाएका छन् । वहाँहरूलाई निःशुल्क आँखाको परीक्षण, विशेषज्ञहरूसँग अन्तरक्रियात्मक सत्र तथा कार्यस्थलमा आँखा जोगाउने उपायहरूको जानकारी प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले्, “पत्रकारिताजस्तो क्षेत्रमा कार्यरत महिलाहरू डिजिटल स्क्रिनको अत्यधिक प्रयोग र वातावरणीय जोखिमको चपेटामा पर्न सक्छन् त्यसैले, नियमित आँखा परीक्षण र सचेतनाले दीर्घकालीन दृष्टि समस्याबाट बच्न सकिन्छ” भन्ने उल्लेख गर्नुुभयो ।

कार्यक्रम क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा आयोजना गरिएको हो । आँखा दृष्टि गुमाएका वा जोखिममा परेका व्यक्तिहरूलाई उपचार सेवा पु¥याउने दीर्घकालीन योजना अनुुरुप प्रोजेक्टले लामो समयदेखि तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै, पुनम भण्डारी, Country Director, Cure Blindness Project ले नेपालमा ३ लाखभन्दा बढी मानिसलाई असर पु¥याउने, र करिब १० लाख मानिस जोखिममा राख्ने अन्धोपनको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले महिलाहरूलाई सांस्कृतिक, आर्थिक र पहुँचका बाधाका कारण disproportionate (असमान रूपमा) असर परेको र समयमै उपचार नपाएमा बालबालिकाहरू जीवनभरि दृष्टि गुमाउने जोखिममा रहने बताउनुभयो।

उहाँले CureBlindness को बहुआयामिक रणनीति प्रस्तुत गर्दै भन्नुभयो — आँखा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, पूर्वाधार सुदृढीकरण, outreach कार्यक्रम र महिला–केंद्रित कार्यक्रम विस्तार, साथै समुदाय स्तरबाट उन्नत तृतीयक सेवासम्मको प्रभावकारी रिफरल प्रणाली विकास। पछिल्ला ३० वर्षमा, यी प्रयासहरूले लाखौँ मानिसहरूको दृष्टि पुनस्र्थापना गरेका छन् — जसले देशको सबैभन्दा दुर्गम क्षेत्र र देश बाहिरका ठाउँहरू समेतमा सेवा पु¥याएका छन्।

भण्डारीले पत्रकारहरूले समुदायमा सही र रोचक जानकारी पु¥याउने, मिथकहरू तोड्ने, रोकथामयोग्य आँखा स्वास्थ्यबारे जनचेतना जगाउने, र विशेषगरी महिला र बालबालिकालाई समयमै सेवा लिन प्रोत्साहित गर्नेमा महत्वपूर्ण भूमिका खेल्ने कुरा जोड दिनुभयो। उहाँले सचेतनाको अभावका कारण कोही पनि पछाडि नपरोस् भन्ने सुनिश्चित गर्नका लागि मिडियाले आफ्ना प्लेटफर्महरू प्रयोग गर्न आह्वान गर्नुभयो।“

इन्टरनेशनल एसोसिएशन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आइवार्ट नेपाल) च्याप्टर महिलामुखी सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसले लैङ्गिक समानता, नैतिक पत्रकारिता र सञ्चारमार्फत महिलाको सशक्तिकरणका लागि काम गर्दै महिलाको आवाजलाई सशक्त बनाउने, सामाजिक मुद्दामा चेतना अभिवृद्धि गर्ने र सकारात्मक परिवर्तनका लागि सहकार्य प्रवद्र्धन गर्ने उद्देश्य राख्छ ।

तिलगंगा आँखा प्रतिष्ठानले उपचार सेवा, अनुसन्धान, तालिम तथा ग्रामीण समुदायसम्म दृष्टि सेवा पु¥याउने कार्यलाई निरन्तरता दिँदै आएको छ । महिला पत्रकारहरूसँगको यो पहलले स्वास्थ्य क्षेत्रमा सञ्चारमाध्यमको भूमिकालाई समेत सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिफारिस

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण...

भर्खरै

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई...

काठमाडौँद्वारा चितवन ५३ रनले पराजित (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल...

चितवनसामु काठमाडौंको १ सय ४३ रनको लक्ष्य (तस्वीरहरू)

काठमाडौ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा...

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

धेरै पढिएको