सकियो फर्पिङमा श्री बज्रयोगिनी जात्रा (तस्वीरहरू)

काठमाडौंको फर्पिङमा बिहिबार श्री बज्रयोगिनी जात्रा हर्षोल्लासका साथ सम्पन्न भएको छ।

रातो रंगको मूर्तिमा दाहिने खुट्टा जमिनमा र बायाँ खुट्टा आकाशतर्फ तानेको शैलीमा विराजमान श्री बज्रयोगिनीलाई फाम्थिङ योगिनी, उद्धपाद योगिनी, इन्द्र योगिनी वा नील तारा नामले पनि चिनिन्छ। परम्परागत मान्यताअनुसार काठमाडौं दहलाई आफ्नो तरबारले डाँडा काटेर बस्नयोग्य बनाउने मञ्जुश्रीले पनि बज्रयोगिनीकै आशीर्वाद प्राप्त गरेका थिए।

बज्रयोगिनीको मूल मूर्तिको बाँयापट्टि हुबहु प्रतिमालाई सानो खटमा सजाएर राख्ने परम्परा छ। मूल मूर्तिलाई छुन नपाइने भएकाले उक्त खटमा राखिएको प्रतिमालाई भक्तजनले स्पर्श गरी दर्शन गर्ने चलन रहेको छ।

प्रत्येक वर्ष भाद्र महिनातिर पर्ने जुगः चह्रे पर्वमा आयोजना हुने यस जात्राका लागि एक दिन अगाडि बज्रयोगिनीलाई नारायणडबलीमा ल्याई मन्दिरका प्राचीन पुजारी सूर्यमुनी बज्राचार्यको सन्तानको घरमा राख्ने प्रथा रहिआएको छ। त्यसपछिल्लो दिन सात टोलसहित अन्य स्थानका टोलबासीहरू महिला दिदीबहिनीहरूको लावा छर्दै, बाजागाजासहित हर्षोल्लासपूर्वक जात्रा सम्पन्न गरी पुनः मन्दिरमा विराजमान गराउने परम्परा रहेको छ।

तान्त्रिक साधना र ध्यान गर्ने साधकका लागि श्री बज्रयोगिनी मन्दिर क्षेत्रलाई अत्यन्त पवित्र स्थल मानिन्छ।

तस्वीरहरू: सुजन श्रेष्ठ/अन्नपूर्ण टाइम्स 

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको