सकियो फर्पिङमा श्री बज्रयोगिनी जात्रा (तस्वीरहरू)

काठमाडौंको फर्पिङमा बिहिबार श्री बज्रयोगिनी जात्रा हर्षोल्लासका साथ सम्पन्न भएको छ।

रातो रंगको मूर्तिमा दाहिने खुट्टा जमिनमा र बायाँ खुट्टा आकाशतर्फ तानेको शैलीमा विराजमान श्री बज्रयोगिनीलाई फाम्थिङ योगिनी, उद्धपाद योगिनी, इन्द्र योगिनी वा नील तारा नामले पनि चिनिन्छ। परम्परागत मान्यताअनुसार काठमाडौं दहलाई आफ्नो तरबारले डाँडा काटेर बस्नयोग्य बनाउने मञ्जुश्रीले पनि बज्रयोगिनीकै आशीर्वाद प्राप्त गरेका थिए।

बज्रयोगिनीको मूल मूर्तिको बाँयापट्टि हुबहु प्रतिमालाई सानो खटमा सजाएर राख्ने परम्परा छ। मूल मूर्तिलाई छुन नपाइने भएकाले उक्त खटमा राखिएको प्रतिमालाई भक्तजनले स्पर्श गरी दर्शन गर्ने चलन रहेको छ।

प्रत्येक वर्ष भाद्र महिनातिर पर्ने जुगः चह्रे पर्वमा आयोजना हुने यस जात्राका लागि एक दिन अगाडि बज्रयोगिनीलाई नारायणडबलीमा ल्याई मन्दिरका प्राचीन पुजारी सूर्यमुनी बज्राचार्यको सन्तानको घरमा राख्ने प्रथा रहिआएको छ। त्यसपछिल्लो दिन सात टोलसहित अन्य स्थानका टोलबासीहरू महिला दिदीबहिनीहरूको लावा छर्दै, बाजागाजासहित हर्षोल्लासपूर्वक जात्रा सम्पन्न गरी पुनः मन्दिरमा विराजमान गराउने परम्परा रहेको छ।

तान्त्रिक साधना र ध्यान गर्ने साधकका लागि श्री बज्रयोगिनी मन्दिर क्षेत्रलाई अत्यन्त पवित्र स्थल मानिन्छ।

तस्वीरहरू: सुजन श्रेष्ठ/अन्नपूर्ण टाइम्स 

 

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको