नेदरल्याण्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडबाट खेल्ने 

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्धन गरेको छ । मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्स कै रोमी भिनस्ट्रा र डानिक आर्डेमाको नाम घोषणा गरिसकेको छ ।

१८६ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच ३०० सेमी र ब्लक पहुँच २९३ सेमी रहेको छ। २६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदैछिन्। वेसेल्सले भलिबल करिअरको सुरुवात घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गरिन्। त्यसपछि उनले ‘आरटीसी ग्रोनिङ्गेन’ हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डल सम्मको यात्रा तय गरिन्। त्यहीँबाट उनको खेल कौशलको राष्ट्रिय स्तरमा ध्यानाआकर्षण भयो र केही वर्षपछि नेदरल्याण्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टमा’ अनुबन्धित भइन्।

स्लिड्रेच्ट स्पोर्टमा रहँदा उनले राष्ट्रिय उपाधि जितिन् र युरोपियन प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन्। हाल उनी सुडोसा-डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। वेसेल्सले नेदरल्याण्ड्सको यु-१९ र यु-२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छन्।

उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाइटेड टिम धेरै नै हर्षित रहेको छ। वेसेल्सको फुर्तिलो स्पाईक र ब्लक क्षमताले खेल मदानमा प्रभावशाली उपस्थिती देखाउने टोलीको विश्वास रहेको छ। अन्तर्राष्ट्रिय स्तरको अनुभवले टोलीको लागि उन्ले आक्रमक र रणनीतिमूलक खेल खेल्नेछ्न् भन्ने टोलिको अपेक्ष्या रहेको छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा वेसेल्सले आफु निकै उत्साहित भएको बताएकी छन्। नेपालमा उनको सहभागिताले आफ्नो करिअरलाई नयाँ आयाम दिने र यो प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्न र युवा खेलाडीलाई प्रेरित गर्ने अवसर मिल्ने उनी बताउछिन्।

मधेश युनाईटेडको तिनै जना विदेशी खेलाडीहरु नेदरल्याण्ड्स कै रहेको छ। यस्लाई नेदरल्याण्ड्स र नेपाल बीचको खेलकुद आदान–प्रदानको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।

मधेश युनाइटेड टिम : खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना

प्रशिक्षक: कोपिला उप्रेती

ब्रान्ड एम्बेसडर : नीति शाह

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको