नेदरल्याण्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडबाट खेल्ने 

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्धन गरेको छ । मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्स कै रोमी भिनस्ट्रा र डानिक आर्डेमाको नाम घोषणा गरिसकेको छ ।

१८६ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच ३०० सेमी र ब्लक पहुँच २९३ सेमी रहेको छ। २६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदैछिन्। वेसेल्सले भलिबल करिअरको सुरुवात घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गरिन्। त्यसपछि उनले ‘आरटीसी ग्रोनिङ्गेन’ हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डल सम्मको यात्रा तय गरिन्। त्यहीँबाट उनको खेल कौशलको राष्ट्रिय स्तरमा ध्यानाआकर्षण भयो र केही वर्षपछि नेदरल्याण्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टमा’ अनुबन्धित भइन्।

स्लिड्रेच्ट स्पोर्टमा रहँदा उनले राष्ट्रिय उपाधि जितिन् र युरोपियन प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन्। हाल उनी सुडोसा-डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। वेसेल्सले नेदरल्याण्ड्सको यु-१९ र यु-२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छन्।

उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाइटेड टिम धेरै नै हर्षित रहेको छ। वेसेल्सको फुर्तिलो स्पाईक र ब्लक क्षमताले खेल मदानमा प्रभावशाली उपस्थिती देखाउने टोलीको विश्वास रहेको छ। अन्तर्राष्ट्रिय स्तरको अनुभवले टोलीको लागि उन्ले आक्रमक र रणनीतिमूलक खेल खेल्नेछ्न् भन्ने टोलिको अपेक्ष्या रहेको छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा वेसेल्सले आफु निकै उत्साहित भएको बताएकी छन्। नेपालमा उनको सहभागिताले आफ्नो करिअरलाई नयाँ आयाम दिने र यो प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्न र युवा खेलाडीलाई प्रेरित गर्ने अवसर मिल्ने उनी बताउछिन्।

मधेश युनाईटेडको तिनै जना विदेशी खेलाडीहरु नेदरल्याण्ड्स कै रहेको छ। यस्लाई नेदरल्याण्ड्स र नेपाल बीचको खेलकुद आदान–प्रदानको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।

मधेश युनाइटेड टिम : खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना

प्रशिक्षक: कोपिला उप्रेती

ब्रान्ड एम्बेसडर : नीति शाह

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको