देशको समृद्धि र दिगो विकासका लागि प्राविधिक शिक्षा अपरिहार्य: ऊर्जामन्त्री खड्का

संखुवासभा – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको समृद्धि र दिगो विकासका लागि प्राविधिक शिक्षा र सीप विकासलाई अपरिहार्य ठहर गर्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ।

‘संखुवासभा जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मन्त्री खड्काले आजको युगमा केवल प्रमाणपत्रले मात्र रोजगारीको ग्यारेन्टी नगर्ने भन्दै व्यवहारिक र सीपयुक्त जनशक्ति उत्पादन अनिवार्य भएको प्रस्ट पार्नुभयो।

“शिक्षालाई जीवनोपयोगी र व्यवसायिक बनाउनु अहिलेको आवश्यकता हो। देशको समृद्धिका लागि हामी सबैको समान जिम्मेवारी छ र स्रोतहरूको उच्चतम उपयोग गरेर आधुनिक शिक्षा तथा प्रविधिको माध्यमबाट मात्र गरीबीको ट्याग हटाउन सक्छौं,” मन्त्री खड्काले भन्नुभयो।

उहाँले नेपालमा दक्ष जनशक्ति अभावका कारण महंगो भुक्तानीमा बाहिरबाट जनशक्ति भित्र्याउनुपर्ने बाध्यता रहेको भन्दै व्यवहारिक शिक्षा र सीपयुक्त तालिम विस्तार अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले सरकारले ६४ खर्बको लगानीमा आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरेको गरेर अगाडी बढेको जानकारीसमेत दिनुभयो।

संखुवासभा जस्तो सम्भावनायुक्त जिल्लामा कृषि, पर्यटन, जलविद्युत् तथा पूर्वाधारसँग सम्बन्धित प्राविधिक तालिमलाई प्राथमिकतामा राख्नुपर्ने औंल्याउँदै मन्त्री खड्काले भन्नुभयो, “हामीले वैदेशिक रोजगारीका लागि मात्र सीप दिने होइन, आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्ने खालका तालिमलाई प्रवर्द्धन गर्नुपर्छ। सरकार यसतर्फ गम्भीर छ र निजी क्षेत्र तथा स्थानीय तहसँग सहकार्य गरेर सीप विकासलाई सशक्त बनाउँदैछ।”

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) का सदस्य सचिव महेश भट्टराईले विद्वान हुनु मात्र पर्याप्त नभएको भन्दै अबको समयमा रोजगारमूलक शिक्षा र सीप विकासमार्फत युवालाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले समाजमा ‘मास्टर हुँदा इज्जत नजाने’ भन्ने संस्कृतिलाई प्रोत्साहन गर्दै व्यवहारिक सीपलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यस्तैसिंचाई विभागका महानिर्देशक मित्र बरालले प्राविधिक जनशक्तिको महत्त्वको बारेमा कुरा गर्दै भने, “हाम्रो परियोजनाहरू जस्तै भेरी-बबई, सुनकोशी-मरीन जस्ता आयोजनाहरूको सफलता प्राविधिक जनशक्तिमा निर्भर गर्दैछ। यसका लागि अत्याधुनिक शिप र क्षमतायुक्त जनशक्ति आवश्यक छ।”

कार्यक्रमको अध्यक्षता गर्दै खाँदबारी नगर प्रमुख महेश भट्टराईले प्राविधिक शिक्षा र तालिमलाई स्थानीय स्तरमै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, यसले युवा पलायन रोक्न, उद्यमशीलता प्रवर्द्धन गर्न र समाजलाई आत्मनिर्भर बनाउन मद्दत पुग्नेछ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायत विभिन्न स्थानीय जनप्रतिनिधि, शिक्षाविद् तथा सरोकारवालाले प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई आधार बनाएर युवालाई अवसर दिन सकिने र यसले दिगो विकासलाई गति दिने विश्वास व्यक्त गरेका थिए।

सो छलफलमा जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनता समाजवादी पार्टीलगायत विभिन्न राजनीतिक दलका नेताहरू एउटै मञ्चमा उपस्थित भएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विस्तारमा ऐक्यवद्धता जनाएका थिए।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको