१२ करोड लगानीमा नयाँ बसपार्कमा खुल्यो बैँकेट, दर्जनौँलाई रोजगारी

काठमाडौँ – कामको खोजीमा दैनिक सयौँ युवाहरु विदेशीरहेको कहालीलाग्दो अवस्थामा युवा व्यवसायी आकृति कुँवरले भने विदेशमा सीकेको ज्ञान, सीपलाई स्वदेशमा प्रयोग गर्नुभएको छ ।

स्वीजरल्याण्डको लेस रोसेस विश्वविद्यालयबाट उद्यमशीलतासहित होटल व्यवस्थापनमा स्नातक र लण्डनबाट रियलस्टेट, फाइनान्स र होटल तथा पर्यटन विकासमा स्नातकोत्तर हाँसिल गर्नुभएकी २४ वर्षीय कुँवरले काठमाडौँको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा १२ करोड लगानी गरेर एस बैँकट सञ्चालनमा ल्याउनुभएको हो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँबसपार्कस्थित लोत्से मलमा सञ्चालनमा ल्याइएको उक्त बैङ्कटको शुक्रबार साँझ जेष्ठ नागरिक शम्भुमानसिंह कुँवर र सञ्चालक आकृति कुँवरले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

युवा व्यवसायी कुँवरले २३ हजार स्वायर फिटमा तीनवटा बैँकट हल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उक्त बैँकट हलभित्र सगरमाथा, माछापुच्छ्रे र धौलागिरी गरी तीन हलहरु रहेका छन् । प्रत्येक हलमा ५०० देखि ७०० जना व्यक्ति अट्ने क्षमता भएको सञ्चालक कुँवरले बताउनुभयो ।

उहाँले उक्त बैँकट हलमा पचास भन्दा बढी युवालाई रोजगार समेत दिनुभएको छ । “स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गरौँ भनेर बैँकट हल सञ्चालनमा ल्याएका हौँ,”– उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पछिल्लो समय राष्ट्रिय बसपार्क व्यवस्थित र सुन्दर बन्दै गएको बताउनुभयो । उहाँले उक्त बसपार्क सञ्चालनका लागि महानगरपालिका कटिवद्ध भएर लागेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दिपक कुँवरले नेपालमा केही गर्न सकिँदैन भन्ने भाष्यलाई चिर्नका लागि युवा व्यवासायी आकृतिले पार्टी प्यालेस सञ्चालन गरेर दर्जनौ युवालाई रोजगारी प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी, मुख्यसचिव एकनारायरण अर्याल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, बागतमी प्रदेशका सांसद रमेशकुमार महत, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको