१२ करोड लगानीमा नयाँ बसपार्कमा खुल्यो बैँकेट, दर्जनौँलाई रोजगारी

काठमाडौँ – कामको खोजीमा दैनिक सयौँ युवाहरु विदेशीरहेको कहालीलाग्दो अवस्थामा युवा व्यवसायी आकृति कुँवरले भने विदेशमा सीकेको ज्ञान, सीपलाई स्वदेशमा प्रयोग गर्नुभएको छ ।

स्वीजरल्याण्डको लेस रोसेस विश्वविद्यालयबाट उद्यमशीलतासहित होटल व्यवस्थापनमा स्नातक र लण्डनबाट रियलस्टेट, फाइनान्स र होटल तथा पर्यटन विकासमा स्नातकोत्तर हाँसिल गर्नुभएकी २४ वर्षीय कुँवरले काठमाडौँको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा १२ करोड लगानी गरेर एस बैँकट सञ्चालनमा ल्याउनुभएको हो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँबसपार्कस्थित लोत्से मलमा सञ्चालनमा ल्याइएको उक्त बैङ्कटको शुक्रबार साँझ जेष्ठ नागरिक शम्भुमानसिंह कुँवर र सञ्चालक आकृति कुँवरले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

युवा व्यवसायी कुँवरले २३ हजार स्वायर फिटमा तीनवटा बैँकट हल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उक्त बैँकट हलभित्र सगरमाथा, माछापुच्छ्रे र धौलागिरी गरी तीन हलहरु रहेका छन् । प्रत्येक हलमा ५०० देखि ७०० जना व्यक्ति अट्ने क्षमता भएको सञ्चालक कुँवरले बताउनुभयो ।

उहाँले उक्त बैँकट हलमा पचास भन्दा बढी युवालाई रोजगार समेत दिनुभएको छ । “स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गरौँ भनेर बैँकट हल सञ्चालनमा ल्याएका हौँ,”– उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पछिल्लो समय राष्ट्रिय बसपार्क व्यवस्थित र सुन्दर बन्दै गएको बताउनुभयो । उहाँले उक्त बसपार्क सञ्चालनका लागि महानगरपालिका कटिवद्ध भएर लागेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दिपक कुँवरले नेपालमा केही गर्न सकिँदैन भन्ने भाष्यलाई चिर्नका लागि युवा व्यवासायी आकृतिले पार्टी प्यालेस सञ्चालन गरेर दर्जनौ युवालाई रोजगारी प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी, मुख्यसचिव एकनारायरण अर्याल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, बागतमी प्रदेशका सांसद रमेशकुमार महत, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको