अघि बढ्यो सेना, राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानसेनापति

प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्नलागेका हुन्।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।

त्यसलगत्तै सेनाले आफ्नो एकल वक्तव्य जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गरेको थियो। उक्त अनुरोधलगत्तै प्रधानसेनापतिको राष्ट्रका नाममा सम्बोधन आउनलागेको हो।

जेनजी प्रदर्शनमा सोमबार सरकारी दमनपछि धेरै युवाहरुको ज्यान जानुका साथै सयौँ घाइते भएका थिए। त्यसपछि मंगलबार जेनजी प्रदर्शन नेताहरुको निवासलक्षित भएको छ। युवाहरुले उनीहरुको निवासमा आगजनी गरेका छन्। योसँगै महत्त्वपूर्ण प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास शीतलनिवासलगायत सबैतिर आगजनी गरेका छन्।

केही व्यावसायिक प्रतिष्ठानहरुमा समेत आगजनी गरेका छन्। सोसँगै राष्ट्रपति रामचन्द्र पौडेलले पनि संयम अपनाउन आग्रह गर्दै जेनजीलाई वार्तामा बोलाएका छन्। यसबाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा सन्द्क रुइत, कुलमान घिसिङलगायतले प्रदर्शनकारीलाई संयम रही सार्वजनिक सम्पत्तिमा नोक्सान नगर्न अनुरोध गरेका छन्।

स्थिति असामान्य बनेपछि बिहान केही मन्त्रीहरुले राजीनामा दिएका थिए भने दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पद छाडिसकेका छन्। नेतृत्व संकट गहिरिइरहेको र प्रदर्शन चर्किरहेकाले प्रधानसेनापतिबाट हुनलागेको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको