भाटभटेनीका १२ स्टोरसहित भवन नष्ट, अन्यमा तोडफोड र लुटपाट

काठमाडौं – देशकै सबैभन्दा ठूलो खुद्रा बिक्री श्रृंखला भाटभटेनी सुपर स्टोरका विभिन्न शाखामा व्यापक क्षति पुगेको छ। केही शाखा भवनसहित ध्वस्त भएका छन् भने कतिपयमा तोडफोड र लुटपाट भएको छ।

भवनसहित पूर्ण रूपमा नष्ट भएका १२ शाखा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरान रहेका छन्।

यस्तै कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी र इटहरी शाखामा भवनमा क्षति पुर्‍याइएकै साथै सामान लुटपाट गरिएको भाटभटेनी स्रोतले जनाएको छ।

टोखा, सातदोबटो, अनामनगर, सनागाउँ, त्रिपुरेश्वर-यूडब्ल्यूटीसी, पाटन र नेपालगञ्ज शाखा भने सुरक्षित रहेको व्यवस्थापनले जानकारी दिएको छ।

भाटभटेनी व्यवस्थापनले क्षतिको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। क्षतिको कुल वित्तीय मूल्यांकन भने अझै सार्वजनिक गरिएको छैन।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको