सकियो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिताको ट्रायल

काठमाडौं — डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल)’ को ट्रायल सम्पन्न भएको छ।

देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत खेलाडी छनोट प्रक्रिया पूरा भएको छ। मंगलबार काठमाडौंको महालक्ष्मी स्पोर्ट्स हबमा भएको अन्तिम ट्रायलमा करिब १५०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए। तीमध्ये करिब २५० जना खेलाडीलाई अक्सनका लागि छनोट गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सात टिम सहभागी हुने छन्। कुल २५ खेल हुने यस लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ। शीर्ष चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। विजेता टिमले २१ लाख रुपैयाँ र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।

प्रतियोगिता अध्यक्ष ज्ञानु सिंहले एनएसपिएलले उदाउँदो प्रतिभालाई बलियो र समावेशी प्लेटफर्म निर्माण गर्ने विश्वास व्यक्त गरे। “यो प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर र प्रेरणा दिनेछ। साथै, नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाट विकास गर्ने उद्देश्य राखिएको छ,” सिंहले भने।

 

सुरुवाती योजना अनुसार असोज २१ देखि ३१ गतेसम्म हुने भनिएको प्रतियोगिता भदौ २३ र २४ गतेका जेनजी आन्दोलन र हाल देश शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको नयाँ मिति चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको आयोजकको भनाइ छ।

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको