रगताम्य जुत्ता एक परिवर्तनको प्रतीक

बानेश्वरको सडकमा वेवारिस रक्ताम्य जुत्ता
केवल जुत्ता थिएन,
छालाबाट निर्मित केवल एक आवरण थिएन
यो त समयले लेखेको गन्तब्य तर्फ बढ्दै गरेको एक दृढ पाइला थियो
साहसले भरिएको निडर गन्तब्य थियो
इतिहास लेख्न तम्सिएको जुत्ताको आवरणमा एउटा पुस्ता थियो।
जुत्ताले बर्षौ सह्यो
भ्रष्टचारका धुलो,
अनियमिताको हिलो
स्वेच्छाचारिताको टट्याउने घाम, जवाफहिनताको कालो बाक्लो ढल,
सहँदा सहँदा अति भएपछि
एकदिन सहनशीलताको बाँध फुट्यो
जुत्ताले सहन सकेन
अन्यायको बोझ,
भ्रष्टाचारको नाङ्गो नाच
शासकहरूको दम्भ र घमण्ड
र सडकमा उफ्रियो एक पुस्ता बनेर
त्यो दिन
सडकमा लड्दा जुत्ता मात्र लडेन
सडकमा चरम निराशाको
चिच्याहट गन्जियो,
निराशाको कालो
रङ्ग बोकेर
आशाको सेतो भबिष्य कोर्न
जुत्ता सडकमा उफ्रियो
भविष्यको सपनाहरूका लागि लड्यो
जुत्ताका हेरेक पहिलामा लेखियो
हामी झुक्दैनौं,
हामी सहन्नौ,
हामी बदल्छौं समय
यो जुत्ता—
न त नाइकी थियो, न एडिडास,
न अन्य कुनै विदेशी ब्राण्ड
यो त जनताले जन्माएको ब्राण्ड थियो
Gen Z ब्राण्ड
जहाँ ब्राण्डको मूल्य पैसाले होइन,
बलिदानले तोकेको थियो
परिवर्तनले बोकेको थियो
साहासले जन्मिएको थियो
रगताम्य त्यो जुत्ताले आज
कोरेको छ इतिहास
र बढ्नेछ अब
बिद्रोहबाट बलियो भबिष्यतर्फ
आन्दोलनबाट आशाको सन्चार
निर्माण गर्नेछ घामले झै उज्यालो भविष्य
जुत्ता सुनौलो सन्देश बन्यो
अन्याय बिरुद्ध लड्दा
रगतले रङ्ग्याइन्छ भने
हजारौँ खुट्टा उठ्नेछन्
एक पाइला लडखडाउँदा
लाखौँ पाइला जुट्नेछन्
एक पुस्ताको रगत सडकमा पोखिँदा
लाखौँ लाख जुर्मुराउँनेछन्
बानेश्वरमा रक्ताम्य जुत्ता
नेपालीको भाग्य निमार्णको सुरुवात बन्यो
राष्ट्रको नमर्ने आत्मा बन्यो
नयाँ पुस्ताको आशाको किरण बन्यो
अब जुत्तामा टट्याइरहेको रगतबाट कोरिनेछ
न्यायको बाटो
भ्रष्ट्राचार अन्त्यको मार्ग
सुशासनको रेखा
भावि पुस्ताको सुनौलो भबिष्य
बन्नेछ देश सुन्दर शान्त र सभ्य नेपाल
भुषण गौतम, सूर्योदय नगरपालिका, इलाम 

सिफारिस

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६-२८ गते महाधिवेशन गर्ने तालिका...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली सेनाको महत्वपूर्ण...

भर्खरै

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

प्रधानमन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण, सेनालाई दिइन् यस्तो निर्देशन

काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई...

काठमाडौँद्वारा चितवन ५३ रनले पराजित (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल...

चितवनसामु काठमाडौंको १ सय ४३ रनको लक्ष्य (तस्वीरहरू)

काठमाडौ गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा...

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

धेरै पढिएको