आर्यतारा भइन् नयाँ कुमारी, मंगलबार आसन ग्रहण गराउने

आर्यतारा शाक्य नयाँ कुमारी छनोट भएकी छन्। शाक्य महाबिहार संघले अढाई वर्षीया आर्यतारालाई नयाँ कुमारी छनोट गरेको हो।

काठमाडौँको इटुम्बहालकी आर्यतारालाई मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचको शुभ साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम तय भएको छ।

त्यही दिन हालकी कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गर्ने तयारी गरिएको संघले जनाएको छ।

संघले काठमाडौँका १५ बहाललाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न आह्वान गरेको थियो। प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा आर्यतारा शाक्य नयाँ कुमारीका रूपमा छनोट भएकी हुन्।

कुमारीलाई जीवित देवीको रुपमा पुज्ने प्रचलन छ। काठमाडौँमा यो परम्परा झण्डै २७० वर्षअघिदेखि चलिआएको छ।

कुमारीलाई महालक्ष्मीको प्रतिक मानिन्छ। जयप्रकाश मल्लले कुमारी प्रथाको स्थापना गरेका हुन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको