दीपेन्द्र चम्किँदा यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं – आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

एक समय ८२-१ को बलियो अवस्थामा रहेको यूएईमाथि त्यसपछि नेपालले दबाब बनाउन थालेको थियो । यूएई ९९-६ को अवस्थामा पुग्दाबाट क्रिजमा आएका ध्रुव पराशरले ठुला शटहरू खेल्दै यूएईलाई खेलमा जीवितै राखेका थिए ।

अन्तिम ओभरमा १० रन आवश्यक हुँदा बलिङमा आएका दीपेन्द्रलाई पराशरले एक छक्का प्रहार गरेपनि लगत्तै दीपेन्द्रले उनलाई क्याचआउट गराएका थिए । त्यसपछि २ बलमा ३ रन आवश्यक हुँदा अर्को पनि रनआउटसँगै शर्ट रन भएपछि यूएईले कुनैपनि रन जोडेन र १ बलमा ३ रन चाहिँदा यूएईले १ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।

सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन ।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।

सिफारिस

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन जारी गरेको हो। सेनाको विभिन्न पृतना, गण तथा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको बताएका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि...

भर्खरै

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

काठमान्डू गोर्खाजद्वारा उपत्यकामा एनपीएल ट्रफी प्रदर्शन (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन...

मेलम्ची बाढीपीडितलाई कुलमानले तपाईहरू परिचालित भएर म कहाँ आउने भनेपछि…

काठमाडौं - २०७८ असार को मेलम्चीखोलामा आएको बाढीले घरबार...

धर्तिको अप्सरा उपनामले चिनिने रारा तालको मनमोहक दृश्य (तस्वीरहरू)

मौसम खुलेपछि नेपालको “धर्तिको अप्सरा” उपनामले चिनिने, समुन्द्री सतहदेखि...

धेरै पढिएको