युएर्इ जानेको प्रहरी प्रतिवेदन प्रमाणितको जिम्मा ट्राभल कम्पनीलाई

काठमाडौं : रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीले बनाएको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा दुई वटा ट्राभल कम्पनीले पाएका छन्।

नेपालस्थित युएई दूतावासले याक्का ट्राभल एन्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने अनुमति दिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। योसँगै कामदारमाथि एक सय १३ रुपैयाँको आर्थिक भार पनि थपिएको छ।
फेब्रुअरी १ देखि यूएई सरकारले नेपालबाट रोजगारीका लागि जाने कामदारसँग प्रहरी प्रतिवदेन अनिवार्य गरेको थियो। नयाँ नियमसँगै कामदारमाथि ४४ सय आर्थिक भार थपिएको थियो।

कामदारले बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्ने व्यवस्था गरिएको थियो। तर, १० दिनैमै यूएई सरकारले प्रहरी प्रतिवेदन प्रमाणितको जिम्मा दुई वटा ट्राभल कम्पनीलाई दिँदै कामदार माथि थप एक सय १३ रुपैयाँ भार थपिदिएको छ। अनुमति पाएका दुई ट्राभलका सञ्चालक म्यानपावर व्यवसायी समेत हुन्।

अनुमति पाएका दुई ट्राभलले कामदारसँग सेवा शुल्कका नाममा एक सय रुपैयाँ र भ्याटमार्फत १३ रुपैयाँ अतिरिक्त शुल्क लिनेछन्। नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न शीर्षकमा रकम असुली गरिरहेको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको