युएर्इ जानेको प्रहरी प्रतिवेदन प्रमाणितको जिम्मा ट्राभल कम्पनीलाई

काठमाडौं : रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीले बनाएको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा दुई वटा ट्राभल कम्पनीले पाएका छन्।

नेपालस्थित युएई दूतावासले याक्का ट्राभल एन्ड टुर्स र सिटी एक्सप्रेस ट्राभललाई कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने अनुमति दिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। योसँगै कामदारमाथि एक सय १३ रुपैयाँको आर्थिक भार पनि थपिएको छ।
फेब्रुअरी १ देखि यूएई सरकारले नेपालबाट रोजगारीका लागि जाने कामदारसँग प्रहरी प्रतिवदेन अनिवार्य गरेको थियो। नयाँ नियमसँगै कामदारमाथि ४४ सय आर्थिक भार थपिएको थियो।

कामदारले बनाइएको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायका बुझाउनुपर्ने व्यवस्था गरिएको थियो। तर, १० दिनैमै यूएई सरकारले प्रहरी प्रतिवेदन प्रमाणितको जिम्मा दुई वटा ट्राभल कम्पनीलाई दिँदै कामदार माथि थप एक सय १३ रुपैयाँ भार थपिदिएको छ। अनुमति पाएका दुई ट्राभलका सञ्चालक म्यानपावर व्यवसायी समेत हुन्।

अनुमति पाएका दुई ट्राभलले कामदारसँग सेवा शुल्कका नाममा एक सय रुपैयाँ र भ्याटमार्फत १३ रुपैयाँ अतिरिक्त शुल्क लिनेछन्। नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागू गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न शीर्षकमा रकम असुली गरिरहेको छ।

सिफारिस

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। मन्त्री खड्काले भ्रमणलाई “उपलब्धिमूलक र...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवर्द्धन मञ्च-नेपाल (भिटोफ-नेपाल) र कालिका गाउँपालिका, रसुवाले संयुक्त रूपमा रोपाइँ महोत्सव–२०८२ भव्य रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सञ्जीव ढकालको बलियो दावेदारी

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका...

पूर्व उपप्रधान पञ्च योगेन्द्र प्रसाद साहको निधन, नेपाली काँग्रेसद्वारा श्रद्धाञ्जली

राहुल गुप्ता – बारा, परवानीपुर - बारा जिल्लाको परवानीपुर...

धेरै पढिएको