सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य सार्वजनिक गरिएको छ।मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि क्यानले बिहीबार टिकट दर सार्वजनिक गरेको हो।
साथै टिकट बिक्री खुल्ला गरिएको गरिएको छ। पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट विक्री खुल्ला गरिएको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। खेल हेर्न जान चाहनेले खल्तीमार्फत टिकट काट्न सकिनेछ ।
पहिलो दिन र शनिवारका लागि साधारण प्यारापिटको टिकट ५०० र भिआइपीको १५ सय तोकिएको छ । त्यसबाहेकका अन्य लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र भिआइपीतर्फ एक हजार कायम गरिएको छ ।
प्लेअफ र फाइनलका लागि साधारणतर्फ एक हजार र भिआइपीतर्फ २ हजार तोकिएको छ । सिजनल पासका लागि १५ हजार मूल्य कायम गरिएको छ ।

