माघ ३ देखि दक्षिणकालीमा दोस्रो शहीद मानबहादुर स्मृति कप हुने

फर्पिङ — दक्षिणकाली नगरपालिकामा ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२’ वडास्तरीय फुटबल प्रतियोगिता माघ ३ गतेदेखि सुरु हुने भएको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजना तथा दक्षिणकाली नगरपालिकाको सहकार्यमा हुने प्रतियोगिता फर्पिङस्थित त्रिभुवन आदर्श मावि (TAMV) खेल मैदानमा ९–ए–साइड फर्म्याटमा खेलाइनेछ।

नगरपालिकाका ९ वटै वडाको सहभागिता रहने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेतालाई ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विधागत रूपमा नगद पुरस्कारसमेत दिइने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन खेल माघ ३ गते दिउँसो १२:१५ बजे वडा नं. ८ र वडा नं. १ बीच हुनेछ। स्थानीयस्तरमा खेलकुद प्रवर्द्धन र शहीदको सम्मानका लागि आयोजना गरिएको यो प्रतियोगितालाई दक्षिणकाली क्षेत्रकै प्रमुख फुटबल इभेन्टका रूपमा हेरिएको छ।

तस्वीर: सुजन श्रेष्ठ 

सिफारिस

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

भर्खरै

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

धेरै पढिएको