गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन समारोह विशेष रूपमा सम्पन्न भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा गौरिशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की तथा पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काको उपस्थिति रहेको थियो। त्यस्तै, विशेष अतिथिहरूमा क्यानका प्रवक्ता छुम्बी लामा, पूर्व खेलाडी तथा प्रशिक्षक राजु बस्न्यात, र जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि आशिष घिसिङको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वास कार्कीले गौरिशंकर क्रिकेट एकेडेमीले युवा पुस्तालाई लक्षित गर्दै यस्ता प्रतियोगिता आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य भएको बताए। उनले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यस्तै, पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले पनि आयोजक टिमको प्रशंसा गर्दै क्रिकेटप्रति रुचि राख्ने युवाहरूलाई प्रोत्साहन दिन यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। उनले खेलकुदले अनुशासन र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख समेत गरे।

विशेष अतिथिहरूले पनि प्रतियोगिताको सफलताको कामना गर्दै युवा खेलाडीहरूलाई मेहनत, लगनशीलता र खेल भावना कायम राख्न सुझाव दिए ।

उद्घाटन दिनमै दुई रोमाञ्चक खेलहरू पनि सम्पन्न भएका छन्। पहिलो खेलमा जोरपाटी क्रिकेट एकेडेमीले गौरिशंकर क्रिकेट एकेडेमीलाई ९ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो। त्यस्तै, दोस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमीले सीईसी काठमाडौंमाथि ३० रनको प्रभावशाली जित हात पार्यो।

यस प्रतियोगितामा १८ टिमहरूको सहभागिता रहनेछ र प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सिफारिस

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

भर्खरै

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

धेरै पढिएको