क्रिकेट एक्सीलेन्स सेन्टरले उचाल्यो गौरीशंकर सुपर लिगको उपाधि

गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सीलेन्स सेन्टर(सिईसी) काठमाडौंले हात पारेको छ। बुधबार भएको फाइनल भिडन्तमा एन्जलस स्पोर्ट्स एकेडेमीलाई ३६ रनले पराजित गर्दै सिईसीले फाईनल जितेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको क्रिकेट एक्सीलेन्स सेन्टरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो। टोलीका लागि दिनेश बोहराले आक्रामक ब्याटिङ गर्दै मात्र १० बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक २७ रन बनाए। त्यस्तै बुद्धिमान विष्टले १९ रन र कप्तान प्रसिद्ध जैशीले १७ रनको योगदान दिए।

बलिङतर्फ एन्जलस स्पोर्ट्स एकेडेमीका धिराज यादव र प्रह्लाद गौतमले २–२ विकेट लिए।

१०६ रनको मध्यम लक्ष्य पछ्याएको एन्जलस स्पोर्ट्स एकेडेमी सिईसी काठमाडौंका बलरहरूको कडा बलिङसामु टिक्न सकेन। १८.२ ओभरमा मात्र ६९ रन बनाउँदा टोली अलआउट भयो। एन्जलसका लागि विशाल ऐयरले सर्वाधिक २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

सिईसी काठमाडौंलाई जित दिलाउन ब्याटिङमा चम्किएका दिनेश बोहराले बलिङमा पनि घातक प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनलाई अनिकेत सिंहले २ विकेट लिएर साथ दिए।

फाइनलमा क्यानका सचिव पारस खड्का प्रमुख अतिथि थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा राखेप सदस्य जगत टमाटा,अतिथिमा समाजसेवी केदार खड्का र गौरीशंकर गाउँपालीकाकी उपाध्यक्ष उमा मगर शेर्पाको उपस्थिति रहेको थियो। प्रमुख अतिथि तथा अतिथिले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै युवा प्रतिभाहरूको हौसला बढाउनुभएको थियो।

पुरस्कार तथा सम्मान

म्यान अफ द म्याच: दिनेश बोहरा (सिईसी काठमाडौं) – २७ रन र ३ विकेट.

प्लेयर अफ द टूर्नामेन्ट: सन्दीप साउद (एन्जलस स्पोर्ट्स एकेडेमी)

उत्कृष्ट ब्याटर : जोय थापा (एन्जलस स्पोर्ट्स एकेडेमी)

उत्कृष्ट बलर : साईमन पन्त (नेकस्स क्रिकेट एकेडेमी)

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सन्दीप साउदलाई ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरियो। फाइनलमा पराजित भए पनि सन्दीपको व्यक्तिगत प्रदर्शन तारिफयोग्य रह्यो। उनले ब्याट पुरस्कर प्राप्त गरे ।

उपाधि विजेता सिईसी काठमाडौंका खेलाडीहरूलाई ट्रफी र मेडल प्रदान गरिएको थियो।उपाधि विजेताले एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उप विजेताले एकचालीस हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको