क्रिकेट एक्सीलेन्स सेन्टरले उचाल्यो गौरीशंकर सुपर लिगको उपाधि

गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सीलेन्स सेन्टर(सिईसी) काठमाडौंले हात पारेको छ। बुधबार भएको फाइनल भिडन्तमा एन्जलस स्पोर्ट्स एकेडेमीलाई ३६ रनले पराजित गर्दै सिईसीले फाईनल जितेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको क्रिकेट एक्सीलेन्स सेन्टरले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो। टोलीका लागि दिनेश बोहराले आक्रामक ब्याटिङ गर्दै मात्र १० बलमा २ चौका र ३ छक्काको मद्दतले सर्वाधिक २७ रन बनाए। त्यस्तै बुद्धिमान विष्टले १९ रन र कप्तान प्रसिद्ध जैशीले १७ रनको योगदान दिए।

बलिङतर्फ एन्जलस स्पोर्ट्स एकेडेमीका धिराज यादव र प्रह्लाद गौतमले २–२ विकेट लिए।

१०६ रनको मध्यम लक्ष्य पछ्याएको एन्जलस स्पोर्ट्स एकेडेमी सिईसी काठमाडौंका बलरहरूको कडा बलिङसामु टिक्न सकेन। १८.२ ओभरमा मात्र ६९ रन बनाउँदा टोली अलआउट भयो। एन्जलसका लागि विशाल ऐयरले सर्वाधिक २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

सिईसी काठमाडौंलाई जित दिलाउन ब्याटिङमा चम्किएका दिनेश बोहराले बलिङमा पनि घातक प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनलाई अनिकेत सिंहले २ विकेट लिएर साथ दिए।

फाइनलमा क्यानका सचिव पारस खड्का प्रमुख अतिथि थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा राखेप सदस्य जगत टमाटा,अतिथिमा समाजसेवी केदार खड्का र गौरीशंकर गाउँपालीकाकी उपाध्यक्ष उमा मगर शेर्पाको उपस्थिति रहेको थियो। प्रमुख अतिथि तथा अतिथिले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै युवा प्रतिभाहरूको हौसला बढाउनुभएको थियो।

पुरस्कार तथा सम्मान

म्यान अफ द म्याच: दिनेश बोहरा (सिईसी काठमाडौं) – २७ रन र ३ विकेट.

प्लेयर अफ द टूर्नामेन्ट: सन्दीप साउद (एन्जलस स्पोर्ट्स एकेडेमी)

उत्कृष्ट ब्याटर : जोय थापा (एन्जलस स्पोर्ट्स एकेडेमी)

उत्कृष्ट बलर : साईमन पन्त (नेकस्स क्रिकेट एकेडेमी)

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सन्दीप साउदलाई ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरियो। फाइनलमा पराजित भए पनि सन्दीपको व्यक्तिगत प्रदर्शन तारिफयोग्य रह्यो। उनले ब्याट पुरस्कर प्राप्त गरे ।

उपाधि विजेता सिईसी काठमाडौंका खेलाडीहरूलाई ट्रफी र मेडल प्रदान गरिएको थियो।उपाधि विजेताले एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। उप विजेताले एकचालीस हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको