अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेट गुमाएर ८० बल बाँकी छँदै भेट्टायो।

नेपाललाई सहजै जित दिलाउन ओपनर कुशल भुर्तेलले शतकीय पारी खेले। उनी १२० रनमा अविजित रहे। ११८ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे।

एकदिवसीय उनको यो व्यक्तिगत उच्च स्कोर हो। उनले यसै मैदानमा १४ फेब्रुअरी २०२३ मा ओमानविरुद्ध ११५ रन बनाएका थिए।

यस्तै, आसिफ शेखले ५८ रनको योगदान दिए भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे।

बलिङतर्फ अमेरिकाका मोहम्मद मोहसिनले एक विकेट लिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले अमेरिका ४३.३ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो। १५३ रन बनाउँदा जम्मा तीन विकेट गुमाएको अमेरिकाले थप ३७ बनाउँदा बाँकी सात विकेट गुमाउन पुग्यो।

अमेरिकाका लागि ओपनर स्मित पटेल र सेहन जयसूर्याले अर्धशतकीय पारी खेले। अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा ३ छक्का र ८ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए।

यस्तै, मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

अमेरिकालाई सस्तैमा समेट्न दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले २ विकेट लिए। यस्तै, सन्दीप लामिछाने र गुलशन झाले एक÷एक विकेट लिए।

पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको