अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको पहिलो संस्करणको विजेता बन्यो । अन्नपूर्णले कर्णालीलाई २५–१५, २५–२० र २५–१८ ले हराउदै राउन्ड रोविनमा व्यहोरेको हारको बद्ला पनि लियो । अन्नपूर्णका उरनबयार मुंखबयार ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै अन्नपूर्णले २० लाख तथा कर्णालीले ५ लाख नगद पुरस्कार हात पारे ।

अन्नपूर्ण लिगको आफ्नो खेलमै कर्णालीसंग १–३ ले चुकेको थियो । अन्नपूर्णले त्यसपछिका चारै खेलमा भने नतिजा आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गरेको थियो । अन्नपूर्ण १२ अंकसाथ लिगमा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो ।

लिगमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–०, मधेश वारियर्सलाई ३–१, खप्तड फाल्कन्सलाई ३–० र सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको थियो । कर्णालीले फाइनल पुग्न काठमाडौंसंग प्लेअफ खेलेको थियो । उक्त खेलमा कर्णालीले ३–१ ले बाजी मार्दै अन्नपूर्णसंग फाइनल भेट पक्का गरेको थियो । लिगमा कर्णाली ११ अंक तथा काठमाडौं १० अंकसाथ प्लेअफमा प्रवेश गरेका थिए । प्लेअफ पुग्ने २ टोलीले फाइनल पुग्न खेल्नु पर्ने प्रावधान थियो ।

व्यक्तिगत उत्कृष्ट खेलाडी विधाको पुरस्कारमा पनि अन्नपूर्णको वर्चस्व रह्यो । ७ मध्ये ४ व्यक्तिगत उत्कृष्ट खेलाडी विधाको पुरस्कार अन्नपूर्णका खेलाडीले जिते । अन्नपूर्णका उरनबयार मुंखबयार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १ लाख नगद पुरस्कार हात पारे ।

अन्नपूर्णका तुरमाण्डख गाँखुयाग उत्कृष्ट सर्भर र सेटर तथा अन्नपूर्णकै एन्ख–एर्देने जार्गाल्ट्सोत उत्कृष्ट अपोसिट हिटर चुनिए । त्यस्तै, कर्णालीका विनोदबहादुर चन्द उत्कृष्ट लिबेरो, मधेश वारियर्सका रविन नगरकोटी उत्कृष्ट मिडिल ब्लकर र काठमाडौंका अहमद मुस्ताफा खान उत्कृष्ट आउटसाइड हिटर बने । सबै उत्कृष्टलाई ५० हजारका दरले पुरस्कृत गरिएको थियो । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ जनही २० हजार नगदबाट पुरस्कृत भए ।

विजेतालाई राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडिया र प्रबन्ध निर्देशक अश्विन केडिया, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, राखेपकी सदस्य ललिता नाथ, एक्सट्रिमकी विजनेस हेड सोनिया राना, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय, नेपाल भलिबल लिगका सीओओ विकास खेतानलगायतले पुरस्कृत गरे ।

उपाध्यक्ष श्रेष्ठले लिगले खेलाडीलाई मात्र नभइ समग्र भलिबललाई व्यवसायीक रुपमा अगाडि बढाउन मद्दत पुगेको धारणा राखे ।केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले लिगको नारा ‘उचाइको नयाँ उडान’ जस्तै हरेक क्षेत्रमा उचाइको नयाँ उडान आवश्यक रहेको बताउदै लिगलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

केडिया ग्रुपका प्रबन्ध दिर्नेशक अश्विन केडियाले लिगले गर्दा भलिबलको राम्रो महोल बनेको धारणा व्यक्त गर्दै सबैको साथ र सहयोगले लिग सफल भएको बताए ।नेपाल भलिबल संघका अध्यक्ष चन्दले निजी क्षेत्रसंग पनि सहकार्य गरी सबैले आ–आफ्नो खेलको विकास र विस्तारमा ध्यान दिन आवश्यक रहेको बताउदै भलिबललाई यो उचाइसम्म पु¥याउन निजी क्षेत्रसंगै दर्शकको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको बताए ।

एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन तथा नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित लिगको पहिलो संस्करणमा ६ पुरुष टिम सहभागी थिए ।नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको थियो । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो ।
कनेक्टेड वाइ एनसेल रहेको प्रतियोगिताको फ्लोरिङ पार्टनरमा यती कार्पेट, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, एडुकेसन पार्टनरमामा डिएभी स्कुल, इन्सुरेन्स पार्टनरमामा हिमालय लाइफ इन्सुरेन्स, टुरिजम पार्टनरमा नेपाल टुरिजम बोर्ड, हेल्थ पार्टनरमा रझान्स आयल र डिजिटल पार्टनरमा एक्स–ऐज रहेका छन् ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको