टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ।

नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश मनोजकुमार शर्मालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो। त्यस अवसरमा सेनाले विभिन्न बढाइँ तथा सैनिक कला कौशल प्रदर्शन गरेको थियो भने हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ। नेपाली संस्कृति, परम्परा र सैनिक गौरवसँग जोडिएको यो समारोह दसैँका अवसरमा आयोजना गरिने प्रमुख औपचारिक कार्यक्रममध्ये एक हो।

 

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको