विश्वकै उत्कृष्ट फुटबलर मेस्सीको जीवनको १० रोचक तथ्य

लियोनल मेस्सी दुनियाँका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छन् । मेस्सी विश्वका एक मात्र त्यस्ता खेलाडी हुन् जसले पाँच पटक फिफा बलेम डीओरको उपाधी जितेका छन्।

तीन पटक युरोपियन गोड्नेन शुको उपाधी जित्ने उनी एक्लो फुटबलर हुन। तर यो उनको लागि दुर्भाग्य रह्यो कि उनले अर्जेन्टीनालाई कुनै ठुलो उपाधी जिताउन सकेनन्।

कोपा अमेरिका कपको हार पश्चात मेस्सीले अन्तरराष्ट्रिय फुटबलबाट भलै सन्यास लिए तर क्लबको फुटबल खेलमा भने अझै उनको जादु देख्न पाइनेछ।

पढ्नुस लेजेन्ड रहेका मेस्सीका जीवनका रोचक कुरा

१. अर्जेन्टीनालाई च्याम्पियन बनाउन नसकेपनि मेस्सी अर्जन्टिकाका सबैभन्दा सफल फुटबलर हुन। उनले आफ्नो टिमको लागि ५५ गोल गरेका छन्। यतिका गोल अर्जेन्टिनाको तर्फबाट अन्य कसैले गरेको छैन।

२. फुटबलको कलाकारिताले विश्वलाई मुग्ध पार्ने मेस्सी बालककालमा ग्रोथ हरमोन सम्बन्धी रोगले ग्रसित थिए। उनको प्रतिरोध क्षमता कम थियो र आँखाको तेज कम हुँदै थियो। बढ्नको लागि उनलाई बाहिरबाट हर्मोन दिनुपर्थ्यो। यसको लागि उनले लगातार तिन वर्षसम्म हप्ताको सातै दिन खुट्टामा इन्जेक्सन लिएका थिए।lionel messi 274046914

३. मेस्सीको फुटबल प्रतिभालाई सबैभन्दा पहिले बार्सिलोनाले चिनेको थियो। क्लबले १३ वर्षको उमेरमा मेस्सीलाई सन् २००० डिसेम्बर १४ मा अनुबन्धन गरेको थियो। मेस्सीलाई आफ्नो क्लबमा आबद्ध गर्न बार्सिलोनालाई यति हतार थियो कि यो सम्झौता एक न्याप्किन पेपेरमा लेखेर गरिएको थियो।

४. मेस्सी खानाको पारखी हुन। उनले बिफ, पोर्क, चिकन, टमाटर अनि प्याज निकै मन पराउँछन्।

५. मेस्सीलाई सन् २००४ मा स्पेनले आफ्नो देशको लागि खेल्न अफर दिएको थियो। मेस्सीले यो अफर लत्याएका थिए। सो समय उनी अर्जेन्टीनाको तर्फबाट खेल्न सुरु गरिसकेका थिएनन्।

६.अर्जेन्टीनाको तर्फबाट मेस्सीले सन् २००५ मा हंगेरीको विरुद्ध आफ्नो पहिलो अन्तराष्ट्रिय डेब्यु गरेका थिए। केवल १८ वर्षका मेस्सीले पहिलो म्याचमा केवल ४७ सेकन्ड मैदानमा बिताएका थिए। रेड कार्ड पाएपछि उनको पहिलो अन्तराष्ट्रिय म्याच ४७ सेकेन्डको मात्र रह्यो।

७. मेस्सीका पूर्वज इटालियन मूलका थिए। उनको पूर्वज सन् १८८४ मा अर्जेन्टिना आएर बसेका थिए। मेस्सीकी आमा भने लेबनानी मूलकी हुन।

८. मेस्सीको जन्म अर्जेन्टिनाको रोसारियोमा भएको थियो। यहिँ चे ग्वे भाराको पनि जन्म भएको थियो।

९. फुटबलको मैदान बाहिर, मेस्सी अन्यको सहायताको लागि निकै काम गर्दैछन्। उनले लियो मेस्सी फाउन्डेसनको गठन सन् २००७ मा गरेका थिए। उनले आफ्नो सहरमा बच्चाको लागि एक अस्पताल पनि बनाएका छन्। सिरियाली बच्चाको सहायताको लागि उनले सन् २०१३ मा आफ्नो कुल कमाइको एक तिहाइ हिस्सा दान दिएका थिए।lionel messi 285546614

१०. मेस्सीको छोराको जन्म सन् २०१२ नोभेम्बर २ मा भएको थियो। थियागोको जन्मको ७२ घण्टा भित्रै उनलाई नेवले ओल्ड ब्वायज क्लबले अनुबन्धित गर्यो। थियोगोको नामको ट्याटु मेस्सीले आफ्नो खुट्टामा कुदाँएका छन्।

मेस्सीका टप १० गोल हेर्नुस्

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको