बैंकर भन्छन्ः साथमा ५६ अर्ब रुपैयाँ छ, तर कर्जा दिन सकिन्न !

३० फागुन, काठमाडौं । लगानीयोग्य रकमको अभावमा बैंकहरु लगभग नयाँ बिजनेस गर्नै नसक्ने अबस्थामा पुगेका छन् । बैकिङ प्रणालीमा कर्जा दिन सकिने लगभग ५६ अर्ब रुपैयाँ भएपनि वाणिज्य बैंकहरुले नयाँ कर्जा दिन बन्द गरेका छन् । बैंकको सीसीडी रेसियो भत्किने डरले उनीहरुले नयाँ कर्जा प्रवाह रोकेका छन् ।

‘अहिले हरेक बैंकहरुसँग कर्जा दिन सकिने लगभग १/२ अर्ब रुपैयाँजति पुँजी छ, तर निक्षेप नबढेकोले त्यो लगानी गर्न सकिने अवस्था छैन्,’ बैंक अफ काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त भन्छन् ।

बैंकहरुले निक्षेप र प्राथमिक पुँजी जोडेर हुने रकमको ८० प्रतिशतमात्र कर्जा लगानी गर्न सक्ने राष्ट्र बैंकको नियम छ । यो सीमालाई सीसीडी रेसियो अनुपात समेत भनिन्छ । यो दर कटाए बैंकहरु राष्ट्र बैंकको कारवाहीमा पर्छन् ।

यस्तो सीमा नजिक पुगेका बैंकहरुले सहजताको लागि पनि रकम राख्न परेको बताएका छन् । ‘पहिले नै प्रतिबद्धता गरेका आयोजनाको कर्जा रकम किस्ता बन्दिमा गइरहेको हुन्छ, त्यसको लागि रकम राख्नु पर्छ,’ पन्त उल्लेख गर्छन् । बैंकहरुमा निक्षेप नबढेको तर ब्याजदर लगायतको कारण एक बैंकबाट अर्कोमा पैसा गइरहेकाले पनि केही पुँजी सहजताकै लागि राख्नु पर्ने अवस्था भएको बैंकरहरु बताउँछन् ।

‘हामीले केही साताअघि सीसीडी अनुपात ७६ कायम गरेरै कर्जा लगानी गरिरहेका थियौं, बीचमा निक्षेप खोसाखोस हुन थाल्यो यो अनुपात ७९ को तहमा आएको छ,’ एक बैंकरको भनाई छ । त्यसैले पनि सहजता कायम रहने गरेर लगानी गर्नुको विकल्प नभएको उनी बताउछन् ।

सीसीडी रेसियो हटे २ खर्ब पुँजी जुट्ने

सीसीडी रेसियो हट्ने हो भने अहिलेकै अवस्थामा बैंकहरुसँग लगानी गर्न २ खर्ब रुपैयाँ हुने नेपाल बैंकर एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना भन्छन् ।

तर, राष्ट्र बैंकले सीसीडीमा कडाई गर्दै दैनिक अनुगमन गरिरहेको छ । यद्यपी बैंकहरुले महिनाभित्रमा यो अनुपातलाई सीमामा ल्याउन सके कारवाहीबाट भने बच्ने छन् ।

सीसीडी रेसियोको व्यवस्था नहुने गरि राष्ट्र बैंकले बासेल थ्री प्रणालीलाई पुर्ण रुपमा कार्यान्वयन गर्न अध्ययन थालिसकेको छ । यो व्यवस्था आएपछि भने हालको निक्षेप र कर्जा लगानीको आधारमा बैंकहरुसँग थप एक खर्ब रुपैयाँ लगानी योग्य पुँजी हुने ढुंगाना बताउछन् ।
‘अहिलेकै अवस्थामा यसले लगानीको लागि लगभग एक खर्ब रुपैयाँ उपलब्ध गराउनेछ,’ ढुंगानाले भने ।

हाल आंशिक रुपमा बासेल थ्री प्रणाली लागु भएको छ । यसले बैंकहरुको दायित्वलाई दुई पक्षबाट हेर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने ।

‘३० दिने अवधिको दायित्व पुरा गर्न सक्ने गरेर पुँजी राख्छ भने दोस्रोले जति अवधिको निक्षेप रकम संकलन भएको हुन्छ, त्यही अनुसारको मात्रै दायित्व लिन जोड दिन्छ,’ थापा स्पष्ट पार्छन् ।

हालको अवस्थाबाट नयाँ प्रणालीमा जाँदा पुँजी जुट्ने अवस्था भएपनि यसले जोखिममा सुरक्षात्मक पद्धती अवलम्बन गर्ने भएकोले अन्य दबाब भने पर्नेछ ।

विदेशबाट ऋण

अर्थमन्त्रलयले मध्यावधि समिक्षामा बैंकहरुलाई समेत विदेशबाट ऋण लिन सक्ने सुविधा दिएर तरलताको समाधान गरिने बताएको थियो । राष्ट्र बैंकले पनि यसलाई प्राथमिकतामा राखेको छ ।

यस्तो व्यवस्थाले पनि बैंकहरुलाई लगभग एक खर्ब पुँजी आउने बैंकरहरु बताउँछन् । तर, विनिमयदरको परिवर्तनको कारण हुने जोखिम व्यवस्थापनमा सबै बैंकहरु सक्षम नहुनसक्छन् ।

‘विनिमय दरको जोखिम कसले व्यहोर्ने, कसरी व्यहोर्ने भन्ने पक्ष पनि छ ,’ ढुंगानाले भने । विदेशी मुद्रामा पुँजी आउने हुँदा विनमयदरको परिवर्तनको कारण हुने जोखिम कम गर्न त्यसमा ‘हेजिङ’ सुविधा प्रयोग गर्ने पर्ने हुन्छ । एउटा बस्तुको मूल्य घट्दा अर्को बस्तुको मूल्य वृद्धिबाट नोक्सान कम गर्ने उपायलाई ‘हेजिङ’ भनिन्छ । हाल पनि केही बैंकले यस्तो सुविधा भने प्रयोग गरिरहेका छन् ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको