काठमाडौं- मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने सरकारले गरेको निर्णय सर्बसाधारण जनता र ट्राफिकलाई शास्ती र अन्योल भएको छ।
लकडाउन कडा भएको समयमा दुईजना पनि चढ्न दिएको तर खुकुलो बनाएपछि एकजना मात्रै चढ्ने सरकारी निर्णय अन्योल भएको भन्दै गुनासो बढेको हो ।
कतिपयलाई मोटरसाइकल नै चलाउन आउँदैन । घरका सदस्यले कार्यालयसम्म पु¥याउन जानुपर्ने हुन्छ । बजार व्यावसाय खुलेकाले श्रीमान–श्रीमति नै जाने गरेको पनि पाइन्छ । स्वास्थ्यकर्मी, कर्मचारीका लागि पनि गाह्रो छ । एकतिर खुकुलो भन्ने अर्कोतिर कडाइ गर्ने निर्णय अन्योल पूर्ण रहेको देखिन्छ। दुईजना गुड्दा एकजनालाई उतारेर अर्कोलाई कसरी पठाउने । कुनै न कुनै कामले नै मानिस निस्किएका हुन्छन् । सामान बोक्न पनि दुईजना नै चाहिन्छ ।
यसबाहेक मोटरसाइकल जोर–बिजोर हुने वा नहुने भन्नेमा पनि अन्योल देखिएको छ ।
