काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालले सुक्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न...
काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राई र गायिका जानुका राई मिलेर व्यवसाय सुरु गरेका हुन् ।
बेलायतस्थित अल्डरशटमा नेप्लिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिवासी जनजाती महासंघका अध्यक्ष योगेश कोयी...
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्जका क्षेत्रमा लगानी गर्न दातृ निकायलाई आग्रह गर्नुभएको छ ।
नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेसँगै लगानी जुटाउनका लागि ऊर्जामन्त्री खड्काले दातृ...
काठमाडौँ - डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ । भारतबाट मूल्य...
काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् । मन्त्री अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट...
साताको पहिलो कारोबार दिनमा नेप्से दोहोरो अंकले घट्दा लगानीकर्ताले लगानीलाई खुम्च्याएका छन्। आइतबार सेयर बजार परिसूचक नेप्से २५.४१ अंकले घटेर २६०९.६७ अंकमा आइपुग्दा लगानीकर्ताले ३ अर्ब ९९ करोडको मात्रै कारोबार गरेका हुन्।
यो दिन कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य घटेको छ भने सबै समूहको उपसूचक समेत घटेका छन्।
कुल कारोबारमा आएका...
काठमाडौं - नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन...
काठमाडौँ - पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो ।
त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर २४ डलरले घटाइएको छ ।
अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा...
विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ ।
जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद...
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) का नेपाली टोलीले शान्दोङको गुओजिङ टेस्टिङ सेन्टर उद्योगको भ्रमण गरेका छन्। फोटो पत्रकार समूहले "गिनिज वर्ल्ड रेकर्ड" ब्रुअिङ कार्यशाला र चिनियाँ बाइजु संग्रहालयको भ्रमण गरेका हुन् । यो भ्रमण नेपाल-शान्दोङ सांस्कृतिक सप्ताहको क्रममा भएको हो।
शान्दोङको गुओजिङ टेस्टिङ सेन्टर चीनको ब्रुअिङ संस्कृतिको उद्गमस्थल र ...