काठमाडौं – नेपाली सेनाले आफ्ना दुई उच्च अधिकारीलाई अनुशासन तथा आचारण गलत भएको भन्दै सेवाबाट बर्खास्त गरेको छ ।
सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई जनरल सैनिक अदालतले बुधबार सेवाबाट बर्खास्थ गरेको हो ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई दोषी ठहर्याएका हो ।
कमाण्डरले दिएको आदेश पालना नगरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरित काम गरेको तथा आफ्नो ओहदा अनुसारको जिम्मेवारी पूरा नगरेका कारण रावल र खड्कालाई वर्खास्त गर्नु परेको नेपाली सेनाले जनाएको छ ।
