चिनियाँ राजदुत नेकपा शिर्ष नेताको घर-घरमा, नेकपा फुट्नबाट जोगिएला त ?

काठमाडौं – नेपालको आन्तरिक राजनीतिमा चीनले सक्रियता बढाएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएर फुटको सम्भावना बढेपछि चिनियाँ राजदुत हाउ यान्छीले सक्रियता बढाएकी छिन् । उनी नेकपाका शिर्ष नेताहरुको निवास पुगेर भेट्न थालेकी छिन् । यान्छीले हिजो नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी छिन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटिसकेको बुझिएको छ । ओलीसँगको भेटपछि यान्छीले ओलीविरोधी नेताहरुलाई भेट्न थालेकी हुन् । हिजो नेपालसँग भेटवार्ता गरेकी उनले आज नेकपा अध्यक्ष प्रचण्डसँग भेट्ने तय भएको छ । नेपालसँगको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको छ । नेपालनिकट स्रोतका अनुसार यान्छीले सहमति गरेर जान भनेकी छिन् ।

यसअघि यान्छीले ओलीको सत्ता डगमगाउँदा यस्तै भेट गरेकी थिइन् । उनले प्रचण्डसँग भेटेको खुलासा भएको थियो । यान्छीकै सक्रियतामा ओली सरकार जोगिएको विषय चर्चामा आएको थियो । यसपटक पनि उनको सक्रियतालाई नेकपालाई फुटबाट जोगाउने प्रयासका रुपमा लिइएको छ । पछिल्लो समय चीनको एकमात्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको मित्रता निकै बढेको छ । दुवै पार्टीबीच संयुक्त प्रशिक्षण समेत हुनेगरेको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको