काठमाडौं – महानगरीय अपराध महाशाखाको कार्यालय सरेको छ।
२०७२ वैशाख १२ गतेको भूकम्प पछि काठमाडौंको हनुमानढोकाबाट सरेर टेकु पुगेको महाशाखाको कार्यालय पुनः सारिएको हो। महाशाखाको भवन निर्माण हुने भएकाले कार्यालय सारिएको महाशाखाले जानकारी दिएको छ।
महाशाखाको कार्यालयय काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मीनभवनमा सरेको हो। यो भवन नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फ जनता टेलिभिजन रहेको संगैको भवनमा रहेको छ। महाशाखाले जघन्य प्रकृतिका अपराध, साइवर अराध, ठगीदेखि चोरीसम्मका घटना हेर्दै आएको छ।
