रामेछाप – रामेछापको कठजोरमा गएराति एक व्यक्तिले अन्धाधुन्द छुरा हिर्काउदा १ वृद्धको ज्यान गएको छ । २ घाईते छन् । घाईते मध्ये १ को अवस्था गम्भिर छ । जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार मन्थली नगरपालिका वडा नम्बर २ कठजोरका अन्दाजि ५२ बर्षिय दिलवहादुर श्रेष्ठले चलाएको छुरा लागेर स्थानीय ६२ बर्षिय विनोदकुमार श्रेष्ठको ज्यान गएको हो । कठजोर स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि सदरमुकामको तामाकोशी सहकारी अस्पतालमा पु¥याइएका श्रेष्ठको उपचारको क्रममा रातिनै मृत्यू भएको हो ।
गाउंमा झारफुकका लागि गएर फर्केका श्रेष्ठलाई बाटो ढुकेर वसेका दिलवहादुरले छुरा प्रहार गरेका थिए । घटना किन भयो ? भन्ने विषयमा कुनै कारण सार्वजनिक भएको छैन । घटनामा गम्भिर घाईते भएका ३५ बर्षिया नारायण श्रेष्ठलाई रामेछापमा उपचार हुन नसकेपछि काठमाण्डौंको ट्रमा सेन्टरमा पठाइएको छ । घटनामा २५ बर्षिय प्रेमवहादुर श्रेष्ठ सामान्य घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकका अनुसार अपराधमा सम्लग्न दिलवहादुर श्रेष्ठलाई प्रहरीले राति नै नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान सुरु गरी सकेको जानकारी दिए ।
