काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्सा ११ श्रीपुर रानीघाटकी ८५ वर्षीया महिला रहेकि छन् ।
उनका अनुसार शुक्रबार नारायणी अस्पतालमा आज विहान ६ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा मुटु र निमोनियाको समस्या देखिएको उनले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको उनले बताए
