काठमाडौं – नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा रमेशकुमार सिलवाल पुन: नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले सिलवाललाई सदस्य-सचिवमा नियुक्त गरेको हो । तीन सदस्यीय सिफारिस समितिले सिफारिस बाटै मन्त्रिपरिषद्ले सिलवाललाई छनोट गरेको हो । यसअघि पनि उनी नै राखेपको सदस्य-सचिव थिए ।
समितिले सदस्य-सचिवका लागि सिफारिस सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको थियो ।
साथै मन्त्रिपरिषद्ले आजै राखेपको उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेको छ ।
