काठमाडौं – नेकपा स्थायी कमिटिको बैठक आज वस्दैछ । प्राकृतीक विपत्तिका कारण देशभर समस्या भएको भन्दै पछिल्लो पटक एक साताको लागि बैठक स्थगित गरिएको थियो ।
यसअघि हिजो प्रचण्ड निवास खुमलटारमा बसेको समुहको भेलाले स्थायी कमिटीको बैठक नरोक्ने र बहुमतकै आधारमा निर्णय गरेर जाने निष्कर्ष निकालेको थियो ।
भेलाले आज बिहान ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक नरोक्ने र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।
