रामेछाप-जिल्ला प्रशासन कार्यालय रामेछापले काेभिड १९ काे संक्रमणबाट जाेगिनकाे लागि नागरिक स्तरमा मास्क वितरण कार्य गरेकाे छ । जिल्ला प्रशासन कार्यालयल रामेछापले संचालन गरेकाे काेराेना भाइरस काेभिड १९ काे संक्रमणबाट बच्न अपनाउनु पर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धि सचेतना अभियानमा बिना मास्क भेटिएका नागरिकलाई नि:शुल्कमा मास्क वितरण गरेकाे छ ।

स्थानिय तहसँकाे समन्वयमा जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापकाे संयुक्त आयोजना संचालन गरिएकाे स्वास्थ्य सुरक्षा सतर्कता सचेतना अभियान अघिल्लो बुधबार मन्थलीबाट सुरु गरिएकाे थियाे । उक्त सचेतना अभियानलाई निरन्तरता दिनेक्रममा अाज रामेछाप बजार पुगेकाे हाे । उक्त अभियान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काेभिड १९ काे संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कता एकमात्र उपाए भएकाे बताउदै अनिवार्य रुपमा मास्क लगाउन, साबुन पानिले हातधुन, सेनिटाइजर प्रयाेग गर्न र एकअर्काबिच भाैतिक दुरी कायम गर्न अाग्रह गरेकी छिन् । हाल अाैपचारीक रुपमा लकडाउन हटाइएको भएपनि काेराेना संक्रमणकाे जाेखिम भने नहटेकाले सबैलाई उच्च सतर्कता अपनाउन अाग्रह गर्दै स्थानिय हाटबजार पुर्ण रुपमा बन्द गर्न समेत निर्देश दिएकी छिन् ।

तपाईंको मास्क खै ? लेखिएकाे प्लेकार्ड लिएर
रामेछाप बजार परिक्रमा गर्दै बिना मास्क हिडडुल गर्ने, सवारी साधनमा यात्रा गर्ने र व्यवसायीलाई मास्क वितरण गरेकाे थियाे । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम खड्काफे प्रशासनकाे सचेतना अभियान प्रभावकारी भएकाे बताए । त्यसैगरि रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले नागरिक स्तरमा सचेतना पुर्याउन अभियानले सहयाेग गरेकाे भन्दै अभियानलाइ नागरपालिका अात्मासाथ गरेकाे बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, रामेछाप नगरपालिकाका प्रमुख , उपप्रमुख, स्वास्थ्य कार्यलयका प्रमुख, राजनितिक दलका प्रतिनिधि , जनप्रतिनिधि , संचारकर्मी , व्यवसायी लगाएकाे सहभागी रहेकाे थियाे ।
