डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । मंगलवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानवाट सकंलन गरिएका स्वाव नमुना मध्ये ५० नमुनाहरु कोरोना संक्रमण देखिएको हो ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ६६ नमुना परीक्षण भएको अस्पताल स्रोत ले जनाएको छ । जस मध्ये ५० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए ।
मंगलवार अस्पतालवाट सार्वजनिक गरिएको सुचना अनुसार डडेल्धुराका २ , अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८÷८ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुराको अमरगढी नगरपालिकाका २ जना,अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीस पाथिभाराका ६ जना, बझाङकै दुर्गाथलीका २ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७ जना ,बर्दगोरीया गाउँपालिका र जानकी गाउँपालिकाका ४÷४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरीएको छ ।
