डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । बिहिवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानवाट सकंलन गरिएका स्वाव नमुना मध्ये १९ नमुनाहरु कोरोना संक्रमण देखिएको हो ।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ४८ नमुना परीक्षण भएको अस्पताल स्रोत ले जनाएको छ । जस मध्ये १९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए ।
अस्पतालवाट सार्वजनिक गरिएको सुचनामा बैतडीका १७ जना, डोटीका १, र बझाङका १ जनामा कोरोना संक्रमण देखिएको हो । बैतडीको दशरथ चन्द नगरपालिकाका ८ जना, मेलौली नगरपालिकाका ३ जना, शिवनाथ गाउँपालिकाका ५ जना र बैतडीकै डिलासैनी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरि डोटीको जोरायल गाउँपालिकाका १ जना, र बझाङको जयपृथ्वी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए ।
