नेपाली कांग्रेस रामेछापले भाेलि जिल्लाकाे सबै वडामा जागरण अभियान कार्यक्रम गर्दै

नेपाली कांग्रेसले देशभर जागरण अभियान संचालन गरिरहेकाे छ । साेहि कार्यक्रम अन्तरगत यतिबेला नेपाली कांग्रेसका नेताकार्यकर्ता विभिन्न कार्यक्रममा ब्यस्त देखिन्छन् । यसैविच रामेछाप जिल्लामा नेपाली कांग्रेसले भाेलि जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन जिल्लाकाे सबै वडामा एकैसाथ जागरण अभियानकाे कार्यक्रम गर्दैछ । जागरण अभियानकाे कार्यक्रमका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मनमाेहन भट्टराई केन्द्रीय प्रतिनिधिकाे रुपमा रामेछाप अाउनु भएकाे छ ।

त्यसै गरि पुर्व जलस्राेत मन्त्रि तथा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य लक्ष्मण प्रसाद घिमिरे , पुर्व सांसद शिव बहादुर खड्का,पुर्व जिल्ला सभापति रामचन्द्र खड्का, लगाएत जिल्लाका सम्पूर्ण कांग्रेस नेताहरु भाेलि अा- अाफ्नाे गाउकाे जागरण अभियान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे छ ।

जागरण अभियान कार्यक्रममा गाउँ स्तरमा वर्षाै देखि कांग्रेस लागि विभिन्न किसिमकाे याेगदान पुर्याएका कांग्रेस भए बापत जेल सजाए बेहाेर्ने, विस्थापित हुनपुगेका, अाफन्त गुमाएकाका परिवारलाइ सम्मान गर्ने कार्यक्रम रहेकाे छ । त्यसै कार्यक्रममा कांग्रेसकाे सिद्धान्त के हाे ? हाल सम्म कांग्रेसले गरेकाे याेगदान, ल्याएकाे याेजना र कांग्रेसले चुनावमा हार बेहाेर्नुकाे कारणहरुका विषयमा समेत छलफल हुने नेपाली कांग्रेस रामेछापले जानकारी दिएकाे छ ।

त्यसै गरि नेकपाकाे सरकारले गरेकाे भष्ट्राचार , अनियमितता ,अपारदर्शीता , लगाएका गलत कामकाे विरोध गर्न र सरकारकाे गलत काम राेक्नका लागि जनजागरण कार्यक्रम मार्फत गाउँ- गाउका सामान्य नागरिकमा जागरुकता ल्याउन याे कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । कांग्रेस प्रतिपक्षमा भएकाे बेला सरकारकाे गलत कदम राेक्न र देशमा लाेकतन्त्रलाई जाेगाई राख्नका लागि नागरिककाे भुमिकाका बारेमा जानकारी गराउनका लागि कांग्रेसले बैशाख २५ गतेबाट देशभर जागरण अभियान सुरु गरेकाे हाे । जागरण अभियान कार्यक्रम अन्तरगत याे पहिलाे चरणकाे कार्यक्रम भएकाे कांग्रेस केन्द्रीय समितिले जनाएकाे छ ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको