कोरोना महामारीबीच नेवा: देय् दबू महालक्ष्मी नगरद्वारा रक्तदान (फोटोफिचर)

ललितपुर – काेभिड – १९ काे महामारीले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वयमा नेवा: देय् दबू महालक्ष्मी नगर कचा:ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  शनिबार “रक्तदान उपमा नभएकाे महादान” नाराका साथ  बृहत् रक्तदान कार्यक्रम स:ती त्वा:, महालक्ष्मी नगरपालिकामा सम्पन्न भएकाे हो  ।


स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा १६३ औं पटककाे रक्तदान गरि शुभारम्भ भएको उक्त रक्तदान कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकार अतिथि र वडा नम्बर ६ महालक्ष्मी नगरपालिकाका वडाध्यक्ष बासुदेव महर्जन प्रमुख अतिथि हुनुहुन्थ्यो ।

अतिथि डा. मनिता राजकर्णिकर र प्रमुख अतिथि वडा नम्बर ६ महालक्ष्मी नगरपालिकाका वडाध्क्ष बासुदेव महर्जनले संयुक्त रूपमा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई रक्त संकलन थाैली प्रदान गर्नु भएकाे थियो।

कार्यक्रमका सभापति एवं नेवा: देय् दबू महालक्ष्मी नगर कचा:का अध्यक्ष बिजयकुमार महर्जनले सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियाे । साे रक्तदान कार्यक्रमकाे संयाेजन दशबहादुर महर्जनले गर्नुभएको थियाे । रक्तदान कार्यक्रमका संयाेजक दशबहादुर महर्जनले थसि,महालक्ष्मी नगरपालिका भित्र रक्त व्यबस्थापनकाे क्षेत्रमा बिशेष याेगदान पुर्याउनु भएकोले १६३ औं पटक सर्वाधिक रक्तदान गर्नुहुने स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले धन्यवाद-पत्र प्रदान गर्नुभई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा महिला पुरूष गरि जम्मा १०७ जनाले स्वयंसेवीले रक्तदान गरेका थिए । सहभागी स्वयंसेवी रक्तदाताहरूलाई फ्रेम सहितकाे प्रमाण-पत्र,सर्वाधिक रक्तदान गर्नु हुने स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे तस्बिर अंकित टि-शर्ट,पञ्जा,सेनिटाईजर,साबुन र मास्क समेत बितरण गरेका थिए  ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको