काठमाण्डौं – काठमाडौंको प्राचीन बस्ती वसन्तपुर मा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये प्रसिद्ध इन्द्रजात्रा हो । वर्षा र सहकालका देवता देव राज इन्द्रको पूजा–आरधना गरी परम्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य पूजामै सीमित गरिएकाे छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको जनविश्वास छ ।
विश्वव्यापी रूपमा आक्रान्त बनिरहेको कोराेना भाइरसका कारण यसको राेकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र पछिल्लो समय गरिएको निषेधाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा नित्य पूजामै सीमित गरिएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर , भक्तपुर , धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ । विगत वर्षहरूमा यो समयमा उपत्यकामा इन्द्रजात्राको माहोल हुन्थ्यो । जताततै देवी देवतालाई बाहिर प्रदर्शनी गरिएको हुन्थ्यो । तर , यो वर्ष कुनै राैनक छैन।
कोराेनाको महामारीका कारण काठमाण्डौको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिसहित स्थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेको हाे ।
