धानमा पानी लगाउने विषयमा झडप, ३ प्रहरी सहित दर्जनौं स्थानिय घाइते

महेश सिंह

लहान – सिरहाको बर्यारपटि गाउँपालिकामा वडा नम्बर १ कचनारीमा धानमा पानी लगाउने विषयमा विवाद हुँदा ३ प्रहरी सहित दर्जनौं स्थानिय घाइते भएका छन् ।

शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पक्षबीच धानमा पानी पठाउने विषयलाई लिएर विवादले उग्ररूप लिएपछि झडप भएको हो । स्थानीय अजय यादवको खेतमा रहेको बोडिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा पानी म पहिला हाल्छु त, म पहिला हाल्छु – भन्दै बिवाद उग्ररूप लिए पछि झगडा भएको थियो ।

मोटर ,बोरिङ्ग ,जग्गा सहित स्थानीय अजय चौधरीको निजि हो । पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए।  घाइते हुनेमा दिनेश कुमार यादव भगतको १० टाका लगेको छ भने श्याम कुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादवलाई ३ वटा टाका लागेको छ । घाइतेलाई  लहान सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए ।

यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोक्सीको आरोपमा कुटपिट गरेको पीडितले आरोप लगाएका छन्। उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौकी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका इन्स्पेक्टर सुर्य धमलासमेत घाईते भएका छन् ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको