सरकारले कुलमान घिसिङलाई आज पुनः नियुक्ति गर्न सक्ने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरको प्रमुख कार्यकारी अधिकृत (सिइ‌ओ)मा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने तयारी अघि बढाएको छ।

उर्जा मन्त्रालयले कुलमान घिसिङलाई सिइओ नियुक्तिका लागि मन्त्रिपरिषद्माप्रस्ताव लैजाने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकमा पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने भएको हो।

घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ र उनलाई प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्ने चर्को दबाब सर्वसधारणबाट आइरहेको छ। चार वर्षअघि १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ घिसिङ सिइयोका रुपमा आएपछि अन्त्य भएको थियो।

उनले जिम्मवारी लिएपछि घाटामा रहेको प्राधिकरणलाई गत आर्थिक वर्षसम्म ९ अर्ब सञ्चित नाफामा पु¥याएका छन्।

ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन्। तर प्रधानमन्त्री केपी शर्मा ओली भने कुलमानलाई नियुक्त गर्न अझै तयार भइसकेका छैनन्।

उनको कार्यशैलीप्रति ओलीले असन्तुष्टि व्यक्त जनाइ रहेका छन्। नेकपाक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रंचण्डले भने घिसिङलाई नै निरन्तरता दिनुपर्ने अडानमा छन्।

उनको नियुक्तिबारे ओली र दाहालबीच बुधबार बालुवाटारमा छलफल भएको थियो।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको