रामेछाप -रामेछाप जेसिजकाे जेसिज सप्ताह अन्तर्गत अाज रामेछापकाे सालुमा चुलाे बाल्ने अभियान अन्तर्गत खाद्यान्न वितरण गरिएको छ । रामेछाप जेसिजकाे जेसिज सप्ताह अन्तर्गत ‘हुनेले दिएर जायाै ,नहुनेले लिएर जायाै ‘भन्ने नारा सहित सुरू भएकाे चुलाे बाल्ने अभियान अाज मन्थली नगरपालीका ४ सालुका संचालन गरिएकाे छ ।

काेराेनाका कारण राेजगारी गुमाएका र छाक टार्न समस्या भएर चुलाे बाल्न समस्या भएका १३५ घरलाई जेसिजले खाद्यान्न उपलब्ध गराएर चुलाे बाल्न सहयाेग गरेकाे छ । चुलाे बाल्ने अभियान अन्तर्गत रामेछाप जेसिजले १३५ घरलाई प्रत्येक घरमा २५ केजी बराबरकाे एक बाेरा साेना मन्सुली चामल उपलब्ध गराएकाे रामेछाप जेसिजका काेषाध्यक्ष सन्ताेष खत्रीले जानकारी दिएका छन् । कार्यक्रममा मन्थली नगरपालिका ४ सालुका वडाध्यक्ष विरेन्द्र बज्राचार्यले जेसिजकाे चुलाे बाल्ने अभियान अाजकाे परिस्थितिमा उपयुक्त कदम रहेकाे बताउदै छाक टार्न नसकेर अप्ठ्यारोमा परेका वडाबासीलाइ सहयाेग गर्ने प्रतिबद्धता समेत जाएर गरेका छन् ।

खाद्यान्न वितरण साेहि वडाका वडाअध्यक्ष विरेन्द्र बज्राचार्य , जेसिज रामेछापका पदाधिकारीहरु, वडा सदस्यहरु, पाटी प्रतिनिधि ,समाजसेवी सामाजिक अगुवाहरुकाे उपस्थित रहेकाे थियाे । रामेछाप जेसिजले जिल्ला तथा जिल्ला बाहिर विभिन्न कार्यक्रमहरु गरिरहेकाे छ । जेसिजले यश अघि जिल्लामा रक्तदान कार्यक्रम , स्वास्थ्य सुरक्षा सामग्री वितरण ,खाद्यान्न वितरण , वृक्षाराेपण,कृषि सामग्री वितरण लगाएकाे कामहरु गरिसकेकाे छ ।
जेसिजकाे चुलाे बाल्ने अभियान, रामेछापको सालुमा
