कोरोनाका कारण गाउँ फर्केका युवाहरू बाँझो जमिन खन्दै आलुखेतीमा लागे

डम्बर निदाल
डडेल्धुरा – कोरोना भाईरस संक्रमणका कारण अहिले अधिकांस युवा गाउँघर फर्किएका छन । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाँउमा काम गर्ने युवाहरु कोरोना भाईरसका कारण घर फर्किए पछि अहिले सबै बेरोजगार बनेका छन । गाउँमै रोजगारी सिर्जना गर्न बाँझो जमिनमा युवाले आलुखेती थालेका हुन ।

जिल्लाको गन्यापधुरा गाउँपालिकाका युवाले आलु खेती गर्न सुरु गरेका छन । करिब पाँच दशक देखि बाँझो रहेको जमिनमा गन्यापधुरा गाउँपालिका–४ रुमाईलका युवाहरु मिली आलु खेती गर्न जुटेका हुन ।

घना जंगलको बिच बन्तोलामा करिब दुई सय रोपनी जमिन बाँझो छ । २०३२ साल यता यहाँ खेतीपाति गरिएको छैन । रुमाईल गाउँका आठ परिवारको उक्त जमिनमा युवाहरु मिलि सामुहिक रुपमा आलु खेती गर्न जुटेका छन ।
बाँझो जमिनमा आलु खेती गर्दै युवाले गाउँमै आयआर्जनका स्रोत खोजी आफ्नो भबिष्य खोजी रहेका हुन । जमिन दर्ता रहेका परिवारका युवाहरु नै मिलेर आलु खेती गर्न लागेका हुन । अहिले करिब एक सय पाँच रोपनी बढीमा आलु लगाईदै छ ।

आलुखेती खेती गर्न गाउँपालिकाले प्राबिधिकहरु पठाई सहयोग गरि रहेको छ । आलु उत्पादनमा सहयोग पुगोस भनि बन्तोलामा छ जना कृषि प्राबिधिकको समुह खटाईएको वडा नं. ४ का अध्यक्ष चेतराज भट्टले बताए । युवाहरुले सामुहिक रुपमा आलु खेती थालेका छन । गाउँपालिका र वडाको पुर्ण रुपमा साथ सहयोग रहने उनले बताए ।

गत भदौ १७ गते देखि बाँझो जमिन खन्ने कामको सुरुवात गरिएको छ । दैनिक करिब ४० र ५० जनाको संख्यामा स्थानिय लाई काममा लगाई बाँझो जमिन खनिएको छ । एक पटकको खन्ने काम सकिएको छ ।
अहिले बारिमा हाते ट्याक्टर पनि पु¥याईएको छ । आलुको बिउ पनि बारीमा पुगाउने काम भईरहेको वडा अध्यक्ष भट्टले बताए । चिसो भेग भएकाले समयमै आलु लगाई सक्नु पर्ने उनको भनाई छ ।

बाँजेका दिनमा जंगलमा भैसी पाली खेतीपाती हुन्थ्यो । तर ४५ बर्ष यता उक्त स्थानमा खेतीपाति भएको छैन ।
कोरोना भाईरसको संक्रमण फैलिए पछि भारत बाट घर आए । स्थानिय जयराज भट्टले भने, घर आए देखि आयस्रोत केही पनि छैन । बाजेले कमाई खाने जमिन बाँझो थियो । सिँचाईको पनि व्यवस्था गर्न सहज छ । गाउँघरमै आयआर्जनका स्रोत खोज्न आलु खेतीमा जुटेका छौ ।

बाँझो जमिनमा अहिले लगानी मात्रै लाग्ने भए पनि भविष्यमा आमदानिको स्रोत बन्न सक्ने उनले बताए । बन्तोलामा घर पनि छैन्न । टहरा बनाई र त्रिपाल रोकी आलु खेती गर्न सुरुवात गरिएको छ ।

स्थानिय सरकार लगायत सरोकारवाला निकायको सहयोग आवश्यक रहेको र जंगलमा खेती सुरु गरिएकाले पहिलो बर्ष उत्पादन पनि त्यति नहुने एका तिर उत्पादन कम हुने र अर्का तिर जंगली जनावरहरु बाट खेती बचाउनु पर्ने चुनौती भएको स्थानिय देवराज भट्टले बताए । यस कारण स्थानिय सरकार, कृषि ज्ञान केन्द्र लगायत कृषि पशुपालनका क्षेत्रमा काम गर्ने संघ संस्थाको सहयोग र हौसला आवश्यक रहेको उनले बताए ।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको