काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार निजी मेडिकल कलेजको उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएका हुन् ।
प्रवक्ता गौतमका लक्षण नभएका विद्यार्थीमा पीसीआर परीक्षण गराउने निर्णय अवैज्ञानिक हुन्छ । उनले सरकारले पीसीआर परीक्षणका लागि तोकेका व्यक्ति र मापदण्डबाहेक अको परीक्षण गर्नु गलत भएको बताए ।
