जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाउन नारायणकाजीलाई बाबुरामको चेतावनी

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्ताको तुजुक नदेखाउन चेतावनी दिएका छन् ।

नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत भनेका छन् ‘बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौँ । सबै उच्च पदासिनहरुको सम्पत्ति छानबिन गरौँ । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाऊँ ।’

केही दिन अघि भट्टराईले गोरखामा आयोजित कार्यक्रममा बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा लगायतले नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाउदै आफूसँग प्रमाण भएको दावी गरेका थिए ।

जवाफमा प्रवक्ता श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै केहीदिन अघि भट्टराईले बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको भनि दिएको अभिव्यक्ति गलत भएको बताउँदै प्रमाण पेस गर्न चुनौती दिएका थिए ।

त्यसैको जवाफ दिँदै भट्टराईले पछिल्लो चुनौति दिएका हुन् । गएको प्रतिनिधी सभा निर्वाचनमा भट्टराई र श्रेष्ठ गोरखा–२ बाट उम्मेदवार भएका थिए । उक्त निर्वाचनमा भट्टराई तत्कालीन नयाँ शक्ति पार्टीबाट विजयी भएका थिए । निर्वाचनमा पराजित श्रेष्ठ अहिले राष्ट्रियससभा सदस्य छन् ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको