डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिकाले कोरोना उपचारका लागी अस्थायी अस्पताल निर्माण गरी सेवा सुचारु गरेको छ । कोरोना संक्रमण बिरामीहरुको उपचारका लागी नवदुर्गा गाउँपालिकाले आईतवार देखी सेवा सुचारु गरेको हो ।
नवदुर्गा गाउँपालिका वडा नं. ३ डाँडावनमा कोरोना संक्रमण विरामीहरुको उपचारका लागी ५ बेडको अस्थायी अस्पताल निर्माण गरी आईतबारबाट सेवा सुचारु गरिएको गाउँपालिकाले जनाएको छ । नवदुर्गा गाउँपालिका अध्यक्ष कबिन्द्र विष्टले आईतबार कोरोना अस्थायी अस्पतालको उद्धघाटन गरेका हुन् ।
आईसियु र भेन्टीलेटरमा राख्नु पर्ने विरामी बाहेक लक्षण भएका कोराना भाईरस संक्रमितहरुलाई भर्ना गरी उपचार गर्ने गरी अस्पताल बाट सेवा सुचारु गरिएको नवदुर्गा गाउँपालिका अध्यक्ष कबिन्द्र बिष्टले बताए ।
कोरोना अस्थायी अस्पताल सुचारु भएसंगै कोरोना संक्रमण भएका होम आईसोलेसनमा बस्दै आएका व्यक्तिहरुलाई अस्पतालमा भर्ना गरी स्वास्थ्यकर्मीको निगरानीमा उपचार हुने भएको छ ।
हाल लाई दुई जना स्टाफ नर्सहरुले सेवा दिने र आवश्यकता अनुसार नवदुर्गा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखा उप प्रमुख दिपेन्द्र बिष्टले बताए ।
