डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरी सचेतना संगै चेकजाँचमा कडाई गर्न थालेको छ । बिशेष गरी चाडपर्वमा सवारीसाधनहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने साथै ट्राफिक नियमको पनि उल्लघंन गर्ने साथै अन्य क्रियाकलाप पनि बढी हुने हुनाले सचेतना संगै चेकजाँचमा कडाई गर्न थालेको हो ।
चाँडपर्वको समयमा सवारी साधनको चाप बढ्दै जाँदा सडक दुर्घटनाको जोखिम पनि बढ्न थालेकाले दुर्घटना न्युनिकरणका लागी सवारी चालक,सहचालक र यात्रुलाई सचेत गराएर सभाबित दुर्घटना कम गराउन सकिने भएकाले जनचेतनामुलक सन्देश समेत दिदै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले चालु आर्थीक वर्षको तिन महिनामा नौ सय यातायातका सवारी साधनलाई कारवाही गरेको छ । जस मध्ये पाँच लाख ३६ हजार पाँच सय राजस्व संकलन भएको जानकारी दिएको छ ।
चालु आर्थीक वर्षको साउन महिना देखी असोज महिना सम्म ट्राफिक नियम उल्घंन गर्ने साना ठुला गरी नौ सय यातायातका सवारी साधन कारवाहीमा परेका हुन ।
जिल्लाका प्रमुख राजमार्ग सहित ग्रामिण सडकमा संचालन हुने यात्रुवहाक सवारी साधन देखी मालवहाक यातायातका सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख टेकवहादुर चन्दले वताए ।
कारवाही पर्ने सवारीका साधनमा बस २९, ट्रक दुई सय ५४, जिप चार सय ४४, मोटरसाईकल ९६, ट्याक्टर ७० र टेम्पो सात रहेका छन् ।
चाँडपर्वका समयमा जिल्लाका बिभिन्न स्थानमा अहिले ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । ट्राफिक नियमको उल्घंन गरेर यातायातका सवारी साधन सञ्चालन गर्ने क्रम बढे संगै ट्राफिक प्रहरीले पनि चेकजाँचमा कडाई गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा मापसे चेकजाँचलाई पनि कडाई गरिएको छ । तिहारका समयमा ट्राफिक नियमको उल्लघंन गर्नेको संख्या बढी हुने भएकाले पछिल्लो समयमा चेकजाँचलाई पनि सक्रियताका साथ बढाएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले जिल्लाका बिभिन्न स्थानहरुमा सवारीसाधन दैनिक चेकजाँच गर्ने गरेको छ ।
कोरोनाको महामारी फैलिरहेको अबस्थामा स्वास्थ्यका मापदण्ड नअपनाईएका कागजात नभएका साथै ट्राफिक नियमको उल्लंघन गर्ने सवारीहरुलाई कारवाही समेत गर्ने गरेको र अहिलेको कोरोनाको महामारी लाई ध्यानमा राख्दै आबश्यक सुरक्षाका उपाय अपनाउनुका साथै ट्राफिक नियमको उल्लंघन नगर्न अनुरोध गर्दै सम्झाईबुझाईका साथ जनचेतनामुलक सन्देश दिदै छोडने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
