वर्तमान अवस्था नै रहने हो भने नेकपा विघटन गर्नु पर्छ

प्रभाकर गुप्ता

पर्सा – पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा रहेको जनयुद्ध गर्दै संसदीय अभ्यासमा प्रवेश गरेको तत्कालिन माओवादी पार्टी र केपी शर्मा ओलीको नेतृत्वमा रहेको बेलेटको राजनीतिबाट उदाई आफ्नो छुट्टै पहिचान बनाएको तत्कालिन नेकपा एमालेको एकिकरणले देशमै एउटा ठुलो राजनीति तरङ्ग ल्यायो।

बिक्रम सम्बत २०७५ जेष्ठ ३ गते को दुवै पार्टीको औपचारिक एकीकरणल पश्चात यहाँसम्म कि नेपाली राजनीतिमा धेरै अनुभव बटुलेको नेपली कांग्रेस धरीलाई नै सोच्न बाध्य पर्यो।  यता एकिकारण पश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशमा अब ठुलै क्रान्ति ल्याउछ भन्ने हरेक चिया पसलमा गानगुन चल्ने थाले अनि हरेक नेपालीहरुमा एउटा छुटै खुसि देखिन थाल्यो जुनकुरा बिदेसी शक्ति हरुलाई पचाउन गारो हुन पुग्यो।

सबै कम्युनिस्ट एक भई देशमा क्रान्ति ल्याउन सकिन्छ भन्ने कुराको पक्षमा रहने कमरेड प्रचण्डले निस्वार्थ सोचको साथ देशको हितमा पार्टी एकिकरण गरि एउटा ऐतिहासिक कदम चाले जस पश्चात उनी माथि विभिन्न बाधा अवरोध आइपर्दा समेत अलि कति पनि नडगमगाइ मात्र देश र जनता कै लागि सोची पाइला अगाडी बढाउदै गए।

राम्रो हुँदै गईरहदा धोखा आफ्नैबाट भयो ,ठ्याकै भन्नु पर्दा एउटा हिन्दि फ्लिमको डाईलक “अपनेने हमको लुटा गैरोमे कहाँ दम था मेरी किस्ती वाहि डुबि जहाँ पनि कम था “ अर्का अधक्ष्य के पी शर्मा ओलीको बोलिले अनि कार्यशैलीले सम्पूर्ण नेपालीहरुको आशालाई निरासामा परिणत गर्यो।

दुई पार्टी मिलेर बनेको नेकपा पार्टीका दुई अध्यक्ष एउटा रथका दुई पांग्रा हुन् दुवै संगसगै बढ्नुपर्नेमा एउटा अगाडि बढौ भनिरहदा अर्का अध्यक्षले पछाडि धकेल्न तिर लागे अनि ठुलो शक्तिको रुपमा स्थापना भएको पार्टीलाई आफैले पछारे।
आफ्नै पार्टीलाई कमजोर बनाउने खेलमा ओली लागि परेकै हुन् जसको ज्वलन्त उदाहरण हो कर्णाली र पर्साको घटना । खासमा साबिक एमाले भित्रको केपी र माधव गुटको उपज हो पर्साको बिंदवासिनी घटना भन्दा फरक नपर्ला।

नेकपा पर्साको बिंदवासिनी गाउँपालिकाको घटनाले जिल्लादेखि केन्द्रसम्म नै हलचल मचायो जसले पार्टीमा कति सम्मको मनमुटाव छ भन्ने प्रस्ट देखन सकिन्छ। केन्द्रको जुधाई सबैलाई थाहा नै भएको कुरा भयो तर नेकपा पर्साको नेतृत्वमा राजनीतिक चेतनाको अभाव पनि उतिकै देखिन्छ जसले गर्दा अहिले जिल्लामै पार्टीको मानमर्दन घटेको छ।

अबको करिब डेढ वर्षमा फेरि पनि  स्थानीय तहको निर्वाचन आउदै छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र २ प्रदेशको प्रमुख घटक जसपा बिभिन्न बहनामा जनताको घर घरमा गईरहेका छन। तर यता भने नेकपा नेतृत्वले पार्टी भित्रै नेताहरूको रजनीतिकि हत्यादेखि  चरित्र हत्या गर्नमा ब्यस्त छन।

एकले अर्कोंलाई देख्न न सकिने आरोप प्रत्यारोपको गंधा राजनीतिक गर्दै छन। पार्टी नेतृत्व उसैको हालीमुहाली गर्दै छ। त्यसकारण यदि पर्सा ज़िल्लालाई बचाउन छ भने वर्तमानको ज़िल्ला पार्टी लगायत सबै स्थानीय तहलाई विघटन गरी नयाँ नेतृत्व चयन गर्नु पर्छ ।

सिफारिस

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

भर्खरै

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको